महोत्तरी/कार्तिक १६ गते।ढोकामा च्यापिएर एक बालकको मृ त्यु भएको छ । मटिहानी नगरपालिका १ धिरापुरका प्रवोध साहका ९ वर्षीय छोरा आयुष कुमार साहको मृ त्यू भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार आमाले घर सरसफाई गरिरहेकी थिइन् । सोही क्रममा ढोकाको पालामा बालकको घाँटी अड्किएर घाईते भएका थिए ।
घाइते भएका बालकलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वलर लग्ने क्रममा बाटोमा मृ त्यु भएको हो ।
पोष्टमार्टम पश्चात श वलाई परिवारको जिम्मा लगाई थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।














Discussion about this post