महोत्तरी/कार्तिक १४ गते।महोत्तरीमा घरायसी विवादमा एक महिलामाथि जेठाजुले कुट पिट गर्दा गम्भिर घाइते भएकी छिन् ।
महोत्तरीको सम्सी गाउँपालिका ७ की २८ वर्षीया सीमा यादवलाई उनको जेठाजु ४० वर्षीय (छोटे)भन्ने जोगेन्द्र यादवले निर्घात कुट पिट गरेको हो ।
स्थानीका अनुसार (छोटे)जोगेन्द्रले घरायसी विवादमा शनिबार राति निर्घात कुट पिट गर्दा सीमा गम्भीर घाइते भएकी छिन् ।
उनलाई उपचारको लागि जनकपुर स्थित बौधीमाइ हस्पिटलमा भर्ना गरिएको छ । कुट पिटपछि जेठाजु फरार भएको र उनको खोजीकार्य गरिहेको प्रहरीले जनाएको छ ।
सीमाकी श्रीमान् मनोज यादव करिब २ वर्ष देखि वैदेशिक रोजगारमा रहेका छन् ।














Discussion about this post