nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधामका व्यवसायीको पलायन हुने अवस्था

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १४, २०७८, ७:२० मध्यान्ह
जनकपुरधामका व्यवसायीको पलायन हुने अवस्था

जनकपुरधाम/कार्तिक १४ गते।उपभोक्ताहरु भारत बिहारको सीमावर्ती क्षेत्रमा किनमेल गर्ने क्रम बृद्धिले गर्दा जनकपुरधामका किराना व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेका छन ।

जनकपुरधामका किराना पसलहरुमा एक्का दुक्का ग्राहक मात्रै देखिने गरेको छ भने बिहारको मधवापुर ,भिठ्ठामोड लगायतका सीमामा अवस्थित किराना पसलहरुमा यस क्षेत्रकै ग्राहकहरुको मारामारको अवस्था देखिएको छ ।

भारतमा तेल ,चिनी , मैदा ,सुपारी लगायतको केही सामान मात्रै सस्तोमा उपलब्ध हुने गरेको भएतापनि अन्य सामानहरुको मुल्य एकैनास रहेको जनकपुरधामका व्यवसायहरु बताउँछन । व्यवसायीहरुका अनुसार हामी कहाँ सुनसान छ भने सीमापारीका किराना पसलहरुमा जनकपुरधाम क्षेत्रका उपभोक्ताहरुकै घुँईचो लाग्ने गरेको छ ।

व्यवसायीहरु सन्तोष गोयनका र शेखर साहले उपभोक्ताहरुमा उल्लेखित जनचेतना अभावका कारण जनकपुरधामका किराना व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको बताए ।

खुला सीमा नाकामा भन्सार समेत नबुझाई समान भित्रियाउन प्रशासनले छूट दिएकै कारणले व्यापारीहरुको पलायनको अवस्था सृजना भएको उद्योग वाणिज्य संघ जनकपुरधामका बरिष्ठ उपाध्यक्ष मनिष रमण साह प्रष्ट गर्छन् । उनले भने ,‘एकातर्फ नेपालका व्यापारीहरु मर्कामा छन् भने भन्सार मार्फत उठ्ने राजश्वको करोडौ रकम घाटा हुने गरेको छ ।’ सीमा नाकामा एक आध किलो बाहेक कुनै पनि समान ल्याउन नदिन प्रशासनले कडाई नगरे सम्म किराना व्यवसायीहरुको समस्या समाधान नहुने उपाध्यक्ष साहले बताए ।

भन्सार राजश्व बुझाई ल्याउने प्रणाली निर्माण गर्न सकिए वारि पारी जहाँ पनि एकैनासको दर रेटमै किराना सामान उपलब्ध हुने निश्चित रहेकोले यस प्रति प्रशासन गंभिर हुन जरुरी रहेको बाबा स्टोर्स (किराना डिलर) का संचालक गोयनकाको भनाई छ । सरकारले खाने तेल र चिनीको मूल्यलाई भारतीय बजार सरहको मूल्य कायम गर्न सकेमा ग्राहकहरुलाई जनकपुरधाममै रोकेर व्यवसायी पलायनको अवस्थालाई नियन्त्रण गर्न सकिने व्यवसायीहरुको कथन रहेको छ ।

तिहारको पुर्व सन्ध्यामा पनि ग्राहक नहुँदा टाईमपास गर्न फिल्म हेरिरहेको दुखेसो किराना पसले राजकुमारसाहले पोखे । त्यति मात्र होइन जनकपुरधामकै पेठियागाछीका किराना व्यवसायीहरुले तश्कर मार्फत चोरी पैठारीका समानहरु किनेर सस्तो भाउदरमा बेची राजश्व तिरेर व्यवसाय चलाउनेलाई समस्यामा पारेको गुनासो समेत व्यापारीहरुको रहेको छ । चिनी र खानेतेलकै भाउको कारणले चाड पर्वमा व्यवसाय बढ्नुको साटो झनै घटेको व्यवसायी रामजानकी चौधरीले बताए ।

केही दिन पहिला सम्म सरकारले चिनी कारखानाहरुलाई अनुदान दिएर भाउलाई नियन्त्रण गर्ने प्रयास गरेको थियो र सो बेलामा यहाँ पनि चिनीको विक्री ह्वातै बढेको उदाहरण दिँदै चिनीको भाउमा नेपाल र भारतमा धेरै नै फरक भएपछि उपभोक्ताहरु चिनी र तेल किन्न मात्रै उता जाने गरेको र साथ साथै अन्य सामानको किनमेल गर्ने गरेको हुँदा यहाँको व्यवसाय चौपट्ट भएको व्यापारी प्रभाकर साहको कथन छ ।

दैनिक उपभोग्य चिनी खानेतेल जस्तो सामानको दरभाउमा फरकले भारतमा गई किनमेल गर्नु आवश्यकता हुन सक्छ तर नेपालको सामान नै गुणस्तरहीन छ भनेर देशकै उत्कृष्ट चियापती पनि नकिनी भारतकै टाटा चियापती नै किन्ने प्रवृति भने दुर्भाग्यपूर्ण रहेको किराना व्यवसाय छाडि फोटो स्टुडियो संचालन गर्न थालेका व्यवसायी सन्तोष चौधरीले बताए । किरानाकै हर्लिक्स ,चकलेट ,काजु ,किसमिस लगायतका दर्जनौ समानहरु भारतको तुलनामा नेपालमै सस्तो पर्ने गरेको व्यवसायीहरुको दावी छ ।

भारतमै राम्रो पाईन्छ भन्ने मानसिकता उपभोक्ताहरुमा जडो गाडेकोले यहाँको व्यवसाय बर्बाद भएको व्यवसायी चौधरीको कथन छ । कोठाको चर्को भाडा र ऋणको भार खेप्न नसकी यहाँका दर्जनौ व्यवसायीहरु पलायन भईसकेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व सदस्य निर्मल चौधरीले जानकारी दिए । खानेतेल तर चिनीको मूल्यमा जनकपुरधामका व्यवसायीहरुले मनोमानी तरीकाले मुल्य लिएको गुनासो समेत उपभोक्ताहरुको रहेको छ ।

साभार स्रोत-जनकपुर टुडे

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि