nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मेडिकल कलेज निर्माणको प्रक्रियाले गतिलिएपछि महोत्तरीमा उत्साह

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १३, २०७८, ७:४७ मध्यान्ह
मेडिकल कलेज निर्माणको प्रक्रियाले गतिलिएपछि महोत्तरीमा उत्साह

गोपालप्रसाद बराल/महोत्तरी/कात्तिक १३ गते । बर्दिबासमा मेडिकल कलेज निर्माणको प्रक्रिया अघिबढेसँगै महोत्तरीमा उत्साह छाएको छ ।

लामो समयदेखि वातावरणीय प्रभाव मुल्याङ्कनको अड्चनले रोकिदै आएको बर्दिबास मेडिकल कलेज पूर्वाधार विकास आयोजनाको फाइल प्रदेश नं २ सरकारबाट स्वीकृत भएसँगै अब निर्माणको कामले गति लिने आशमा महोत्तरीमा उत्साह छाएको हो ।

“मेडिकल कलेज निर्माणको कुरा हाम्रा लागि अवसर र गौरवको हो” बर्दिबासकै छिमेकको भङ्गाहा नगरपालिकाका–७ का बासिन्दा शिक्षाविद् चन्द्रनारायण सिंह थारुले भन्नुभयो, “वनसम्वद्ध डिभिजन र प्रादेशिक कार्यालयले फाइल स्वीकृत गरी केन्द्रमा पठाएका छन्, अब कामले गति लिने आश जाग्यो ।” कलेज निर्माण भएपछि शिक्षा क्षेत्रमा मात्र नभएर रोजगारी प्रवद्र्धनमा समेत फड्को मार्ने विश्वास माध्यमिक विद्यालयको प्रधानाध्यापक रहेर भर्खरै सेवानिवृत हुनुभएका थारुको विश्वास छ ।

कलेज निर्माणको प्रक्रिया अघि बढेसँगै जिल्लाका बर्दिबास, भङ्गाहा, औरही र गौशाला नगरपालिका क्षेत्रका बासिन्दाले आफ्नै आँगनमा राष्ट्रिय महत्वको गौरवपूर्ण उपलब्धी प्राप्त भएको प्रतिक्रिया दिएका छन् । “मेडिकल कलेज निर्माणको प्रक्रिया अघि बढेछ, यो हामी बर्दिबास वरिपरिका बासिन्दाका लागि मात्र नभएर सिङ्गो जिल्ला र प्रदैशकै लागि महत्वपूर्ण उपलब्धी हुने औरही–१ का बासिन्दा पूर्वविद्यार्थी नेता सरोज यादवको भनाइ छ ।

प्रदेशबाट केन्द्रमा फाइल पठाइएको हुँदा अब कलेजको पूर्वाधार निर्माणको काम छिटै विधिसम्मत ढङ्गले अघि बढ्ने विश्वास बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको छ । “ढिलै भएपनि प्रक्रिया अघि बढेको छ, अब कामले गति लिनेछ”, आयोजनाका निर्देशक (उपसचिब) देवीप्रसाद सुवेदीले भन्नुभयो ।

पूर्वाधार निर्माणका लागि महोत्तरीको बर्दिबास नगरपालिका–४ स्थित अटाबे खोल्सी र भब्सी नदी बीचको वनक्षेत्र पातलिएको जग्गा पहिचान भएसँगै सम्पूर्ण प्रक्रिया सकेर करिब एक वर्षअघि स्वीकृतिका लागि फाइल डिभिजन वन कार्यलय महोत्तरी पठाइएको थियो । अहिले डिभिजन वन कार्यालय हुँदै प्रादेशिक वन कार्यालयबाट फाइल स्वीकृत भएर केन्द्रमा पठाइएसँगै यहाँ कलेज निर्माणको कामले गति लिने आश बढेको हो ।

मुलुककै गौरवको योजना मानिएको बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माण आयोजनामा प्रदेश सरकार नै उदासीन रहेको आरोप लागिरहेका बेला प्रदेश सरकारबाट फाइल सदर गर्दै सङ्घीय सरकारको सम्बन्धित कार्यालयमा पठाइएपछि अब कलेजको पूर्वाधार निर्माणको काम अघि बढ्ने विश्वास जागेको बर्दिबास–१४ का वडाअध्यक्ष भरत हमालले बताउनुभयो ।

सङ्घीय सरकारको ‘एक प्रदेश, एक मेडिकल कलेज’को अवधारणाअनुसार आर्थिक वर्ष २०७३÷०७४ को बजेट वक्तव्यमा प्रदेश नं २ महोत्तरीको बर्दिबासमा, प्रदेश नं ५ को रूपन्देहीको तिलोत्तमामा र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने उल्लेख भएको थियो । विसं २०७५ फागुन ३ गतेको मन्त्रिपरिषद्को बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट त्यसअघि नै स्वीकृत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना सञ्चालन कार्यविधि–२०७५ र आयोजना कार्यालय सञ्चालनका लागि कर्मचारीको दरबन्दी अनुमोदन गरेको थियो । यसअनुसार तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलले बर्दिबास–१ मा २०७६ वैशाख १८ गते उद्घाटन गर्नुभएको बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयमा अहिले आयोजना निर्देशक (उपसचिव शिक्षा सेवा) एक, शाखा अधिकृत एक, इञ्जिनीयर एक, लेखापाल एक, हलुका सवारी चालक एक, कार्यालय सहयोगी एक र पाले एकसमेत सात जनाको जनशक्ति रहेको आयोजना निर्देशक सुवेदीको भनाइ छ ।

पछिल्लो पटक आयोजना कार्यालय, डिभिजन वन कार्यालय महोत्तरी, प्रदेश सरकारका सम्वद्ध पक्ष, पर्यावरणविद् र राजनीतिक दलबीचको निरन्तर छलफलपछि बर्दिबास नगरपालिकाको वडा नं ४ स्थित अटाबे खोल्सी र भब्सी नदी बीचको ४९ हेक्टर क्षेत्रफलको जग्गामा मेडिकल कलेज निर्माण गरिने आयोजनाको फाइल अघि बढेको हो । कलेजको पूर्वाधार संरचना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन प्रस्ताव (डीपीआर), वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन, माटो परीक्षण र लागत अनुमानसहितका अध्ययन प्रतिवेदन तयार भइसकेको हुँदा अब तिनै प्रतिवेदनलाई थप परिभाषित गरेर काम बढ्ने आयोजना प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

प्रदेश नं २ को पूर्वपश्चिम लम्वाइको करिब माझमा पर्ने, पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गमस्थल रहेको हुँदा बर्दिबास मेडिकल कलेज निर्माणका लागि उपयुक्तस्थल रहेको अहिले आम बुझाइ देखिन्छ ।

वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनानुसार ४९ हेक्टर क्षेत्रफलमा संरचना निर्माण गर्दा एक हजार ९६७ वटा रूखहरू काटनुपर्ने उल्लेख छ । तर डीपीआर निर्माणका लागि परामर्श सेवा प्रदायक संस्था जेभीले भने निर्माणस्थलमा ४०० देखि ५०० रूख मात्र काटिने जनाएको छ ।

मेडिकल कलेज स्थपनाको पूर्वतयारीका लागि सङ्घीय सरकारले हालसम्म करिब रु छ करोड खर्च गरिसकेको छ भने डीपीआरको हालसम्मको रिपोर्टअनुसार संरचना निर्माण सम्पन्न गर्न अनुमानित रु ३० अर्ब लाग्ने आँकलन गरिएको छ ।

यो आयोजना सम्पन्न भएसँगै एक हजार बेडको अस्पताल निर्माण हुनेछ भने अन्तर्राष्ट्रिय स्तरको मेडिकल कलेज स्थापना हुनेछ । कलेजमा प्रारम्भका पाँच वर्षसम्म वार्षिक १०० जना चिकित्सक तथा १६० जना नर्सिङ जनशक्ति उत्पादन हुनेछन् । राज्यमा रोजगारीको अवसर सिर्जना हुनुका साथै देशका प्रतिभावान एवम् विपन्न व्यक्तिले सहज र सुलभ किसिमले चिकित्सा शिक्षा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको आयोजना निर्देशक सुवेदीको भनाइ छ । 

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि