nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा र धनुषा जोड्ने कमलाको पुल सञ्चालनमा नआउँदै भत्किएपछि जनता निराश, बन्ने टुंगो छैन

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १३, २०७८, ७:३४ मध्यान्ह
धनुषा र सिरहा जोडने कमला नदीको पुलको अर्को स्पान पनि भासियो

विनय यादव /सिरहा/कार्तिक १३ गते।मधेशको लाइफलाइन मानिने हुलाकी सडक अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल गत असारमा निर्माणको अन्तिम चरणमा आएर भत्कियो । पुल भत्कीएपछि निर्माण कम्पनीले चाँडै पुल पुनर्निमाणको काम थालनी गर्ने बताएको थियो । पुल भत्कीएको झण्डै ५ महिना बितिसकेको छ । तर, पुल पुनर्निमाणको भने कुनै टुंगो छैन ।

कमला नदीमा पुल निर्माणका लागि २०६८ जेठ ३१ मै पप्पु कन्स्ट्रक्सनले ४२ महिनाभित्र सक्ने गरी ठेक्का पाएको थियो । उक्त कन्स्ट्रक्सनसँग ४ सय ६९ मिटर लम्बाई र ९ मिटर चौडाइको यो पुल बनाउनका लागि २४ करोड ६२ लाखमा ठेक्का सम्झौता भएको थियो । तर, उसले पटकपटक म्याद थप गराएर ७ वर्षसम्ममा पनि ३० प्रतिशत जति मात्रै काम गरे ।

पुल निर्माणले गति नलिएपछि पत्रकार तथा लेखक रामरिझन यादव नेतृत्वको हुलाकी सडक संघर्ष समितिले २०७५ पुषमा पुल निर्माणको माग गर्दै अनिश्चितकालीन रिले अनशन थाल्यो । संघर्ष समितिको आन्दोलनपछि दबाबमा आएको हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले पप्पुलाई हटाएर लुम्बिनी बिल्डर्सलाई २०७८ असार १३ गते काम सक्ने गरी निर्माणको जिम्मा दियो ।

लुम्बिनी बिल्डर्सले बल्ल पुलको निर्माण सम्पन्न गर्दै थियो । उसका अनुसार, पुलको ९९ प्रतिशत काम भइसकेको थियो । केहि दिनभित्रै पुल हस्तान्तरण गरिने तयारी थियो । यस भेगको जनताका वर्षौंदेखिको प्रतीक्षाको घडी अन्त्य र सपना साकार हुँदै थियो । तर, त्यो सपना उडायो सपना हुरीले झैँ भइदियो । कमला नदीमा आएको बाढीले असार १७ मा सिरहा तर्फको दोस्रो पाया भात्काइदियो । हेर्दाहेर्दै स्ल्याब पनि नदीमा खस्यो । पुल सञ्चालनमा आउनै लागेपछि उत्साहित भएका यस भेगका जनताको खुशी क्षणभरमै खोसियो । उनीहरुमा थप निराशा छायो ।

सञ्चालनमा नआउँदै पुल भत्किएपछि कमसल काम र अनियमितता भएको भन्दै संघर्ष समितिलगायत स्थानीयहरुले सिरहाका विभिन्न स्थानमा प्रदर्शन गरे । प्रदेश २ का तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको नेतृत्वमा भौतिक पूर्वाधार मन्त्रालयका अधिकारी, हुलाकी सडक आयोजनाका पदाधिकारीलगायत प्राविधिकले अवलोकन पनि गरे ।

प्राविधिक टोलीको निष्कर्षका आधारमा पुल निर्माणको जिम्मा पाएको लुम्बिनी बिल्डर्सले नै पुलको पुनर्निमाण गर्ने बताइएको थियो । तर, न अहिलेसम्म प्राविधिकहरूको प्रतिवेदन सार्वजनिक भएको छ, न काम नै अघि बढेको छ ।कमला नदी भएर दिनहुँ हजारौं सर्वसाधारण आउजाउ गर्छन् । तर, पुल नहुँदा सर्वसाधारणहरु कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

पुलको पुनर्निमाण सुरु नहुँदै गत कार्तिक ३ गते धनुषा तर्फको तेस्रो पाया पनि भासिएको छ । पुल कामै नलाग्ने अवस्थामा पुगेको छ । तर, पुल पुनर्निमाणको सन्दर्भमा हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतो भने अनुसन्धान भइरहेको र अहिले केहि भन्ने नसकिने बताउँछन् ।सरकार र सम्बन्धित निकायको उदासीनता र ढिलासुस्तीले पुल पुनर्निमाणको ठेगान नहुँदा यस भेगका सर्वसाधारण चिन्तित बनेका छन् ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि