सिरहा/कात्तिक ११ गते। सिरहा- चोहर्वा सडक अन्तर्गत नरहा गाउँपालिका ५ बलुवा नजिक वृद्धको श व भेटिएको छ ।
टाउकोमा चोट लागेको र सरिरको विभिन्न भागमा रगत लतपतियको अवस्थामा छिमेकी विष्णुपुर गापा २ कौवाहाका करिव ७१ वर्षिय किसन यादवको श व रहेको प्रहरीले जनाएको छ ।
उनको मृत्युको कारणभने खुल्न सकेको छैन । गाउँ घरमा धामी झाँकीको काम गर्ने यादवको श व सडक नजीकै भएकाले दुर्घटना भएको जस्तो देखिएपनि मृत्यु संस्कास्पद रहेको नरहा गापा ५ का वडा अध्यक्ष हुकुमदेव यादवले बताए ।
राती करिव ८ बजे खाना खाएर विष्णुपुर बजारमा नाच हेर्न भनेर निस्केको यादवका आफन्तले बताएको छ । गाउँ बाट नाच हेर्न विष्णुपुर बजार आएका उनको श व विष्णुपुर बजार भन्दा धेरै पर फेला परेकोले मृत्यु संस्कास्पद भएको स्थानीयले बताए ।श व पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा लगिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ

















Discussion about this post