सप्तरी/कार्तिक ११ गते। सप्तरीको जीता नदीमा एकसाताअघि आएको बाढीमा डुबेर बेप त्ता भएका युवकको श व भारतमा भेटिएको छ ।
लगातारको बर्षाका कारण जीता नदीमा आएको बाढीमा डुबेर हनुमानगर कंकालिनी नगरपालिका ९ बस्ने २३ बर्षीय लालु मण्डल ३ कात्तिकमा वेप त्ता भएका थिए ।
सोही नगरपालिकाको वडा नम्बर १४ स्थित जीता खोलाले बगाउँदा वेप त्ता भएका मण्डलको श व भारतको कुनौलीमा पर्ने जीता नदीमै फेला परेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार श व केही सडेको अवस्थामा भेटिएको छ । शवको मुचुल्कासहित कानुनी प्रक्रिया भारतमै पूरा गरिने उनले बताए । कानुनी प्रक्रिया पूरा भएपछि श वलाई नेपाल ल्याउनका लागि पहल भइरहेको उनले बताए ।
साथी संजिव कुमार मण्डलसँगै उनी तिलाठीबाट रमपुरा मल्हनियाँतर्फ जाँदै गर्दा जिता खोला तर्न लागेका थिए । सोही क्रममा दुवैलाई खोलाले बगाएको थियो । बगाएपछि संजिव खोला तर्न सफल भएका थिए भने लालुलाई खोलाले बगाएको थियो ।

















Discussion about this post