उदयपुर/कार्तिक ८ गते। ६ वर्षीया बालिकालाई जबर जस्ती क रणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय उदयपुरले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरी सप्तकोसी नगरपालिका–१ फत्तेपुर खोरिया टोल घर भई हाल त्रियुगा नगरपालिका–८ शाहीखोला बस्ने २० वर्षीय दिलु रोक्का रहेका छन्।
रोक्काले बालिकालाई शनिबार साँझ जबर जस्ती क रणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
उनलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेर थप अनुसन्धान थालिएको जनाएको छ।
Discussion about this post