nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सनराइज बैंकद्वारा फुकुवापत्र पाइसकेर पनि जरिवाना लिएको खुलासा, सोधपुछ गर्दा ग्राहकमाथि दुर्व वहार

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ७, २०७८, ११:२२ मध्यान्ह
सनराइज बैंकद्वारा फुकुवापत्र पाइसकेर पनि जरिवाना लिएको खुलासा, सोधपुछ गर्दा ग्राहकमाथि दुर्व वहार

उमेश कुमार साह/सप्तरी/कार्तिक ७ गते।ऋणीले आफ्नो सम्पूर्ण कर्जा चुक्ता गरि बैंकद्वारा फुकुवापत्र पाइसकेर पनि तीन महिनापछि बैंकले बिना जानकारी सो ऋण वापतको ब्याज र जरिवाना लिएको तथ्यको खुलासा भएको छ ।

सप्तरीको बोदेबरसाइन नगरपालिका ५ स्थित मनि किराना पसलका संचालक कृष्णदेव भगतले आइतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि बैंकको सबै ऋण चुक्ता गरिसकेपछि पनि पुन: ब्याज र जरिवाना लिएको जानकारी दिएपछि सो तथ्यको खुलासा भएको हो ।

पसल संचालक भगतले राजविराजस्थित सनराइज बैंक लिमिटेडमा जग्गा धितो राखी लिएको २ करोड ५० लाख ऋण झण्डै चार महिनाअघि नै चुक्ता गरि गत असार १३ गते फुकुवापत्र समेत पाइसकेको अवस्थामा बैंकले आफूलाई कुनै जानकारी नै नदिई खाताबाट ४ लाख ४७ हजार १ सय ६५ रुँपैया कट्टा गरेको बताए ।

गत असोज ३१ गते आइपिएस ट्रान्सफर विधीमार्फत सिटिजन बैंकबाट २१ लाख ९३ हजार रकम सनराइज बैंकमा रहेको मनि किराना पसलको खातामा जम्मा भएपछि कात्तिक १ गते एक कारोबारीलाई २१ लाख ९२ हजार ५ सयको चेक काटेर दिएको तथा सो चेक वाउन्स भएपछि मात्र आफ्नो खाताबाट रकम कट्टा भएको थाहा पाएको उनको भनाई छ ।

सो सम्बन्धमा बैंकमा सम्पर्क गर्दा ऋण वापतको ब्याज ४ लाख ४१ हजार ८ सय ३६ र जरिवाना वापत ५ हजार ३ सय २९ गरि ४ लाख ४७ हजार १ सय ६५ रुँपैया काटिएकोप्रति आफू चकित भएको उनले सुनाए ।

उनले यसबारे सनराइज बैंकका शाखा प्रमुख मुकेश साहलाई कात्तिक १ गते नै फोन सम्पर्क गरि जानकारी लिदा बुझेर भन्छु भन्दै जवाफ दिएको र भोली पल्ट बिदा परेकोले कात्तिक ३ गते पुन: फोन सम्पर्क गर्दा शाखा प्रमुख साहले आफूलाई अभद्र ब्यवहार गरेको उनको आरोप छ ।

पसल संचालक भगतले बैंकको लापरवाहीले आफूले काटेको चेक बाउन्स हुँदा अन्यायमा परेको तथा कारोवारी समक्ष लज्जित हुनु परेको भन्दै सो प्रकरणको छानबिन, आफ्नो रकम फिर्ता र दोषिमाथी कारवाही हुनुपर्ने माग गरेका छन् ।

यता बैंकका शाखा प्रमुख साहले बचतकर्ता भगतसँग बैंकले कुनै अन्याय नगरेको भन्दै सिस्टममा गडबडीका कारण ब्याज लिन छुट भएको दाबी गरे । उनले भगतमाथी ऋण वापतको ब्याज र जरिवाना गरि बाँकी रहेको रकम खाताबाट कट्टा भएको बताए ।

संचारकर्मीहरुले शाखा प्रमुख साहसँग ऋण, ब्याज र जरिवाना वापतको रकम बाँकी नै रहँदा बैंकले कसरी जग्गा फुकुवा पत्र दियो भन्ने जिज्ञासामा बैंक प्रमुख साहले कम्प्युटर सिस्टमको गडबडीका कारण यस्तो हुन गएको र पछि कम्प्युटरले देखाए अनुसार निजको खाताबाट रकम काटिएको जानकारी दिए ।

श्रोतका अनुसार यसअघि सनराइज बैंकमा रहेको एक कार्यालयको खातामा जम्मा हुनुपर्ने ७५ लाख रुँपैया जम्मा नभएको देखाएको छ । तर, सो कार्यालयले जम्मा गरेको उक्त रकमको भौचर राखेकोले हाल सो विषयमा दुई कर्मचारीलाई बैंकले निलम्बन गरि छानबिन सुरु गरेको छ ।

Tags: आर्थ/बाणिज्य

Discussion about this post

Related Posts

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

तीन प्रदेशका नौ स्थानीय तहको फोहोरमैला व्यवस्थापन कानुन निर्माण

तीन प्रदेशका नौ स्थानीय तहको फोहोरमैला व्यवस्थापन कानुन निर्माण

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि