अरुण कुमार यादव/सप्तरी/कार्तिक ४ गते।अविरल वर्षासँगै जिता खोलामा आएको बाढीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ बाट खोला तर्ने क्रममा हराएका युवक अझै भेटिएको छैन ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–९ का २३ वर्षीय लालु मण्डल वेपत्ता भएको र उनको खोजि जारी रहेपनि अहिले सम्म कतै फेला नपरेको प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।
हराएका लालुको ति खोला र खोलाको आसपास सुरक्षाकर्मी र स्थानियबासीहरुले खोजी कार्य जारी राखिएको प्रहरीको भनाई छ ।
बुधबार सो नगरपालिका वडा नं. १४ बैरिया घाटस्थित रहेको जिता खोलाको भत्केको पुलबाट रम्पुरा मल्हनियातर्फ जाने क्रममा खोलाले उनलाई बगाएका थिए।त्यस्तै मण्डलसँगै खोलामा बगेका सोही ठाउँका २८ वर्षीय संजिव कुमार मण्डल भने खोला तरेर बच्न सफल भएको प्रहरीले जनाएको छ ।















Discussion about this post