जनकपुरधाम/कार्तिक ३ गते। अमेरिकामा धनुषाको एकजना नेपालीको गोली हानी ह त्या भएको छ । मासाचुसेट्स राज्यमा स्टोर संचालन गरेर बसेका धनुषाको लालकिशोर महासेठ गोली हानी ह त्या भएको हो ।
धनुषाको महेन्द्रनगर सखुका ५४ वर्षीय लालकिशोर महासेठ १५ वर्ष अघि अमेरिका आएका थिए । सोमबार राति ९ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो ।
चोरीको प्रतिकार गर्न खोज्दा उनीमाथि गोली प्रहार भएको हुनसक्ने बुझिएको छ।लालकिशोर महासेठ मधेशी एशोशिएसन इन अमेरिकाका संस्थापक सदस्इ तथा न्यू इंग्ल्यान्ड च्याप्टरका पूर्व अध्यक्ष थिए । उनका पत्नी सुनिता साह, छोराहरु अभिषेक र आयुष तथा छोरी अञ्जली महासेठ छन्।














Discussion about this post