अरुण कुमार यादव/सप्तरी/कार्तिक २ गते।सप्तरीमा पनि लगातारको वर्षाले धानबालीमा क्षति पुगेको छ ।आइतबार रातिदेखि परेको मुसलधारी वर्षाले जिल्लाका दक्षिणी क्षेत्रमा काटेर खेतमै रहेको अवस्थामा धानबाली डुबानमा परेको छ ।
लगातर भइरहेको वर्षाका कारण सप्तरीका किसान चिन्तित बनेका छन् ।वर्षाले खेतमा पानी जमेपछि काटेको धान कुहिने र त्यसले ठूलो क्षति पुगेको छिन्नमस्ता गाउँन्पालिका वडा नं. ३ का किसान दिपेन्द्र यादवले बताउनुभयो ।
सप्तरीको ६८ हजार हेक्टरमध्ये ६३ हजार हेक्टरमा धानवाली लगाइएको केन्द्रले जनाएको छ । वर्षाले साथ दिँदा सतप्रतिशत रोपाइँ भएकाले केन्द्रले जिल्लामा धान उत्पादन बढ्ने अनुमान गरेको थियो। तर, आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण उत्पादनमा करिब २० प्रतिशत क्षति पुग्ने जनाइएको छ ।

पाकेको धानबालीमा पानी जमेर नष्ट हुँदा किसानहरु मर्कामा परेका छन् । ठूलो मिहिनेत र लगानी गरेको धानबाली भित्राउने बेलामा पानीमा डुबेर खेतमा धान झरेर टुसा उम्रनु थालेपछि उनीहरु निराश भएका छन् ।
हावाहुरी र बर्षाको कारण खेतमा पाँजा लगाएको धान समेत उठाउन नपाएको किसानहरुले दुखेसो सुनाउँछन् । हनुमाननगर कंकालिनी नगरपालिका २ का किसान लाल माझीले हावाले पाकेको धानलाई खेतमा ढालेपछि अब पानीमा दुई दिनसम्म बाला डुबे भने कुहिन्छ र टुसा उम्रनु थाल्छ । धमाधम पाकेको धान काटेर थन्काउने बेलामा हावापानीले पाँजा लगाएको समेत डुवानमा पर्दा ठूलो परिणाममा धानबाली नष्ट भएको बताउनुभयो ।
खेतमा जम्मा भएको पानी सुक्दासम्म त धान झरेर उम्रिन्छ, काटेर खेतमा सुकाएको धान उठाउँन नपाउँदै पानीले डुबेर नष्ट भएको छ ।
दुई दिनदेखि निरन्तर परेको हावापानीले सप्तरीको १८ वटै पालिकाका किसानहरु प्रभावित भएका छन् । खेत पोखरीमा परिणत भई पाकेको धानबाली नष्ट हुँदा किसानहरू ठूलो मर्कामा परेको स्थानीयहरुले जनाएका छन् ।
यस्तै सिराहा जिल्लामा समेत बर्षाका कारण धानबालीमा क्षति पुगेको छ।कृषि ज्ञान केन्द्रका अनुसमार सिराहा नगरपालिका, औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका, नवराजपुर गाउँपालिका र भगवानपुर गाउँपालिका क्षेत्रका खेतमा लगाइएको धानबालीमा क्षति पुगेको छ ।















Discussion about this post