जनकपुरधाम/कार्तिक १ गते। प्रदेश-२ मा भोलि मंगलबार सार्वजनिक विदा हुने भएको छ ।
मुश्लिम धर्माम्बलीको धर्मगुरु पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर प्रदेश सरकारले भोलि विदा दिएको छ ।
प्रदेश सरकारले नेपाल सरकारले दिएको विदा अतिरिक्त थप ११ वटा विदा दिएको छ, जसमा पैगम्बर महम्दको जन्म दिनलाई पनि राखिएको छ ।
प्रदेश २ सरकारले पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा विदा दिने राजपत्रमै उल्लेख गरेको छ । अब सरकारी कार्यालयहरु बुधवारबाट मात्र संचालनमा आउनेछ ।
प्रदेश २ मन्त्रीपरिषद्को गत बैशाख २ गते बसेको बैठकले नेपाल सरकारले दिएको बाहेक थप ११ वटा विदा दिने निर्णय गरेको थियो ।
हेर्नुहोस प्रदेश २ सरकारले दिएको थप बिदाको सुची















Discussion about this post