महोत्तरी/असोज ३१ गते।महोत्तरीकि शिलादेवीलाई देवरले नै हथौडाले हानेर ह त्या गरेको खुलेको छ।४२ वर्षीया शिलादेवीको ह त्या बोक्सी निहुमा देवर ४२ वर्षीय संजयकुमार झाले नै हथौडा प्रहार गरी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर ३ स्थित मडै बस्ने ४२ वर्षीया शिलादेवी झा को ह त्या गरेको आरोपमा प्रहरीले उनको देवरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । भाउजूसँग लेनदेनको समस्या रहेको र घरमा विभिन्न समस्याहरू एक्कासि आएको कारण बोक्सीको आरोपमा तीन महिलाको ह त्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो।
शिलादेवी घरमा सुतिरहेकै अवस्थामा बिहीबार टाउकोमा हथौडा प्रहार गरी उनका देवर झाले ह त्या गरेको पुष्टि भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
आरोपित सञ्जय हाल जनकपुरधाम उपमहानगरपालिका २४ स्थित सोनापाडामा बसेर ज्यालादारीको काम गर्दै आएका थिए । हत्या गर्नु पूर्व सञ्जय बुधबार राति जनकपुरबाट साइकलमा घर पुगेका थिए । बिहीबार बिहान ३ बजेको समयमा शिलादेवी सुतिरहेकै स्थानमा हथौडाले टाउकोमा हानेर ह त्या गरी पुनः जनकपुर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यले बताए ।
शिलादेवीले दिएको केरा खाँदा सञ्जयकी श्रीमती रिंकु झाको गर्भ तुहिएको र मुखबाट फिज आएर विभिन्न अस्पतालमा उपचार गराउँदा समेत ठिक नभएकाले उनी बोक्सी नै रहेको भन्दै सञ्जयले भाउजूको ह त्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ । शिलादेवीको ह त्या नगर्दा परिवार सुखसँग बस्न नसक्ने भन्दै सञ्जयले भाउजूको हत्या गरेको स्वीकार गरेको उनले बताए । शिलादेवीको पति लालकिशोर झा र माहिलो छोरा कृष्णा झाको मृ त्यु भइसकेको छ ।शिलादेवीलाई सञ्जयले दिएको १२ लाख ३९ हजार सापटी समेत फिर्ता नदिएको पाइएको महोत्तरी प्रहरीले जनाएको छ ।
यस्तो छ घटनाको कारण
प्रहरीका अनुसार गएको असाढमा संजयको विवाह भएको थियो । त्यस पश्चात शिलादेवीसंगै संगोलमा संजय र उनकी पत्नी रिंकी बस्ने गरेका थिए । शिलादेवीले देवरानी रिंकुलाई केरा खान दिएकी थिइन् । त्यस रात रिंकुको गर्भ तुहिएको थियो । पछि रिंकुको मुखबाट बेला बेला फिज निकाली बिरामी हुन थालिन् ।
रिंकुलाई संजयले विभिन्न अस्पतालमा उपचार गराउँदै आएका थिए । उपचारबाट निको नहुँदा डेढ महिना अघि झाँक्री लगाएका थिए । झाँक्रीले लगाएपछि रिंकुले काम्दै शिलादेवीको माहिलो छारा म कृष्ण कुमार झा हुँ भनि बताएको, श्रीमान लालकिशोर झा र मलाई शिलादेवीले टुनामुना गरी मारेको, अब रिंकु झालाई पनि टुनामुना गरी मार्न लागेको । त्यसकारण केरा खान दिँदा गर्भ तुहिएको बताएकी थिइन् ।
शिलादेवी झालाई संजयले १२ लाख ३९ हजार सापटी समेत दिएका थिए । श्रीमातीलाई टुनामुना गरेको , लिएको सापटी ताकेता गर्दा समेत फिर्ता नगरेकाले भाउजू शिलादेवीको ह त्या नगरे परिवार सुखसंग बस्न नसक्ने निष्कर्षमा संजय पुगेका थिए । शिलादेवीलाई सञ्जयले दिएको १२ लाख ३९ हजार सापटी समेत फिर्ता नदिएको पाइएको महोत्तरी प्रहरीले जनाएको छ ।














Discussion about this post