उमेश कुमार साह/बोदे बर्साईन-सप्तरी/असोज २७ गते । बडादशैंको आज आठौं दिन अर्थात महाअष्टमी । देशभर दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ । महआअष्टमीका दिन दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ ।

यो दिन नवदुर्गाको आठौं रुप महागौरीको पूजा आराधना गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत देशैभरका विभिन्न शक्तिपीठमा पशु ब लि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देवी मन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ । शास्त्रमा साात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशु ब लि सहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशु ब लि पनि शास्त्रीय हो भन्ने भनाई छ ।
आजका दिन पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती,कंकालीनि मन्दिर , बोदे बर्साईन दुर्गा मन्दिर , धनुषाको राजदेवी लगायतका शक्तिपीठहरुमा ब लि सहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्दछ ।















Discussion about this post