अरुण कुमार यादव/असोज २५ गते। डिजिटल पुस्ता,हाम्रो पुस्ता मुल नाराका साथ अन्तराष्ट्रिय बालिका दिवस आज यहाँ मनाइएको छ ।
सो क्रममा सेभ द चिल्ड्रेनको सहयोग र स्थानिय सरकारको समन्वय तथा सेभ द सप्तरीको आयोजनामा करिब १ सय ६५ जना बालिकालाई सरसफाई सामाग्री बितराण् गरिएको छ ।
सेभ द सप्तरीका अध्यक्ष ध्रुवप्रसाद देवको अध्यक्षतामा राजविराजमा आयोजित एक कार्यक्रमका बिच ती बालिकाहरुलाई नुहाउने र लुगा धुने साबुन,दात माझने ब्रस, मुख पुछने तोलीया,माक्स,साइनेटरी प्याड,पानी खाने बोतल,नैलकटर लगायत अन्य सरसफाईका समानहरु बितरण गरिएको लौङगीक केन्द्र परियोजनाका संयोजक संतोष यादवले बताए ।
बितरण समाहारोमा सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी,अनुगमन मुल्याङकन अधिकृत मिथिलेश यादव लगायत सेभ द सप्तरीका बिभिन्न कर्मचारीहरुको उपस्थित रहेको थियो । सेभ द सप्तरी बिगत २० बर्षदेखि समाजिक बिकासका क्षेत्रमा महतवपुर्ण काम गर्दै आएको छ ।














Discussion about this post