nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा आरकेस्ट्राको घट्नाले मुसहर वस्तीमा लुटपाट, डराएका स्थानीय गाउँ छोडेरै भागे,एक किशोरी बेपत्ता

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २५, २०७८, ७:१५ मध्यान्ह
महोत्तरीमा आरकेस्ट्राको घट्नाले मुसहर वस्तीमा लुटपाट, डराएका स्थानीय गाउँ छोडेरै भागे,एक किशोरी बेपत्ता

जनकपुरधाम/असोज २५ गते।महोत्तरीमा आर्केष्ट्रा नाचमा भएको समान्य विवादको विषयलाई लिएर भएको झडपमा सोनमा गाउँपालिका–२ का ५० वर्षीय रामप्रताप यादवको मृत्युपछि टोलमा सन्नाटा छाएको छ ।

विश्वकर्मा पुजाको अवसरमा गत असोज १ गते राति टोलमा आयोजित आरर्केस्ट्रा नाचमा नाच्ने युवतीमाथि मृतकका छोरा सरोजले दुव्र्यवहार गर्दा विवाद विवाद भएको थियो ।

त्यसैको निहुँमा भोलिपल्ट मुसहर वस्तीमा पसेर यादवपक्षले केही व्यक्तिलाई कुटपिट गर्न खोजेपछि झडप भएको थियो । त्यसयता सो मुसहर वस्तीमा भागाभाग मच्चिएको छ ।

प्रहरीले पक्राउ गर्न सक्ने र मृतक परिवारले आक्रमण गर्ने डरले टोलका स्थानीय त्रसित छन् । मुसहरी टोलमा यतिखेर युवक, युवती, व्यस्क एउटै देखिन्न । वृद्ध–वृद्धा, बालबच्चा र केही महिला मात्र टोलमा छन् ।

उनीहरुको अनुहार पनि मलिन र चिन्तित देखिन्छ । घटनामा संलग्न रहेको आरोपमा स्थानीय मलेसी सदा र नथु सदालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार मृतक परिवारले किटानी जाहेरी दिएपछि अनुसन्धान अघि बढाउँदै आरोपीहरुको खोजबीन जारी छ ।

स्थानीयका अनुसार विश्वकर्मा पुजाको अवसरमा आयोजित मेलामा राति करिब १२ बजे तरहारीका सरोज यादवले स्टेजमा नाचिरहेकी युवतीलाई पिपही बजाउँदै दुव्र्यवहार गर्न खोजेपछि विवाद भएको थियो ।

उनले युवतीसँग उतश्रृङ्खल गतिविधि गरेपछि स्थानीय मुसहर समुदाय सम्मिलित मेला व्यवस्थापन समितीसँग धक्कामुक्की भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय गौशालाका अनुसार मेलामा विवादको क्रममा सरोजले मोबाइल हराएको थियो । त्यो मोबाइल मुसहर समुदायका व्यक्तिले चोरेको सरोजको बुझाइ थियो ।

सोही विवादको बदला लिन भोलिपल्ट सरोजले बुवा रामप्रताप, दाई, साथीभाई तथा छिमेकीहरु मुसहर बस्ती आइपुगे । घटनास्थल सरोजको घरबाट झण्डै दुई किलोमिटरको दुरीमा रहेको छ ।

‘लाठी, भराठा सहित उनीहरुको झुण्ड आएको देखेर मुसहर वस्ती पस्नुअघि यादव समुदायका व्यक्तिहरुले झै–झगडा रोक्ने धेरै प्रयास गरेका थिए । तर उनीहरु गालीगलौज गर्दै जसरी पनि कुटपिट गर्ने, लुटपाट गर्ने भनरे जर्बर्जस्ती हाम्रो टोलमा पसे,’ स्थानीय लतिम सदाले भने, ‘हामीबाट गल्ती भएको छ भने पञ्चायती गरेर दण्ड जरिवाना गर्नुस, क्षतिपुर्ती तिराउनुस तर मारपिट नगर्नुस भनेर हारगुहार गरिरहयौँ । तर केही नसुन्दै मुसहर देख्नसाथ उनीहरुले आक्रमण सुरु गरे । यताबाट पनि मान्छेहरु प्रतिकारमा उत्रिए । दुबैतर्फबाट ढुंगामुढा भयो ।’

त्यसैक्रममा स्थानीय मलेसी र नथु सदामाथि चक्कु प्रहार भयो । ढुंगामुढाको चोट छँदैथियो चक्कु प्रहारले दुबैको शरिर रक्ताम्य बन्यो ।
प्रहरीका अनुसार दुईतर्फी झडपकै क्रममा सरोजका बुवा रामप्रतापलाई समेत ढुंगामुढाले चोट लागेको थियो । उनी बेहोस भएर त्यहीँ ढले । उपचारको क्रममा रामप्रताप यादवको मृत्यु भयो ।

‘पोष्टमार्टम रिर्पोटमा रामप्रतापको छातीमा एक सेन्टिमिटरको सानो चोट, बाँया हातको औलामा थोरै छाला उप्केको र हेड इन्जुरी देखिएको छ । बाहिरबाट ठूलो चोट नदेखिएपनि ढुंगामुढाले लागेको होला,’ प्रहरी निरिक्षक बस्यालले भने ।

तर स्थानीय प्रत्यक्षदर्शीले भने मलेसी र नथुनीलाई रगतले लतपतिएको देखेर रामप्रताप बेहोस भएको दावी गरे । ‘दुबैतर्फबाट मारपिट त भइरहेकै थियो । तर उहाँलाई धक्कामुक्की मात्र भएको थियो । रगत देखेर रामप्रताप बेहोस भएर ढुंगामाथि ढलेछन । त्यतीखेर उनका छोराले उठाएर त्यहाँबाट लगेपछि मृत्यु भयो,’ लतिमले थपे ।

केहीबेरपछि मोटरसाइकल चढेर प्रहरी पनि आए । तर यादव पक्षले प्रहरीमाथि समेत कुटपिट गर्दै जाइलागेपछि उनीहरु त्यतीखेर भागेको स्थानीय सुमित्रा देवीले बताइन् । ‘पुलिसलाई कसैले थप्पडले कसैले फाइटले हान्दै थिए । प्रहरी त्यतीखेर जसोतसो भागे । पछि भ्यानमा आएको प्रहरीमाथि पनि ढुंगामुढा भयो ।

अर्को भ्यान आइसकेपछि मात्र प्रहरी बाँचे,’ उनले सुनाइन् । ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक विष्णु प्रदिप बस्यालले प्रहरीमाथि धक्कामुक्की भएको स्वीकार गरे । यद्दपी कुटपिट नभएको उनको दावी छ । ‘लोकल ठाउँ हो । यहाँको मान्छेलाई घटनास्थलमै निर्णय चाहिन्छ । आक्रोश थियो कुटपिट नभनौँ अलिअलि धक्कामुक्की भयो,’ उनले भने । उनका अनुसार झडपको क्रममा दुबै तर्फका दर्जन बढी व्यक्ति समान्य घाइते भएका थिए ।

रामप्रतापको मृत्यु भएपछि डरले पुरा मुसहर समुदाय बालबच्चा सहितलाई लिएर गाउँ छोडेर भागे । गाउँमा एक÷दुई जना वृद्धा मात्र बाँकी रहे । ‘टोलमा सबैको घरमा खाना पाकिसकेको थियो । तर मारपिट हुनथालेपछि कसैले पाएन । रामप्रताप ढलेपछि हामी सबै बालबच्चा सहित गाउँ छोडेर भाग्यौँ ।

कोही आफन्तको मा गयौँ भने कोही चौरमा लुक्यौँ,’ रिता सदाले घटनाका दिन स्मरण गरिन् । तर विवाद यतिमै समाप्त भएन् । रामप्रतापको मृत्युको घटनाले आक्रोशित भएका तरहारीका झण्डै दुई÷अढाई सय व्यक्तिको समुह आएर पुरा मुसहर वस्तीमा लुटपाट गरे । दुई ÷तीनजनाको घरमा आगो नै लगाउने प्रयास गरे । घटनापछि टोलमा रहेकी एक्ली वृद्धा तेतरी सदाका अनुसार सयौँको संख्यामा रहेको भिडले सबै घरमा तोडफोड सुरु गरे ।

‘सबैको छाना उजाड्ने प्रयास गर्यो । सकेजति घर पनि भत्काए । कसैको घरमा अन्नपात र पैसा रहन दिएन । सबै लुटेर लगे । बाँसको टाटी भत्काइदिए, भाडावर्तन पनि फुटाइदिए । केही लताकपडामा आगो लगाइदियो भने केही लिएर भागे । दर्जन बढी हाँस र खसीबोका लिएर पनि हिड्यो,’ भक्कानिदै उनले भनिन्, ‘बाँकी रहेका केही अन्नपात सबै बाहिर फालदियो । केही चामल, नुन, तेलमा तेजाब र विष पनि मिलाएदियो ।

टोलमा कमाउने कोही रहेनन् । सबैजना भागिसकेपछि हामी भिख मागेर खाइरहेका छौँ ।’ शरिरमा लगाएको लत्ताकपडा बाहेक घरमा केही बाँकी नरहेपछि मुसहर वस्तीका स्थानीय चिन्तित छन् । ‘हामी अब कसरी बाँच्ने ? न खानेकुरा छ न कमाउने मान्छे । जाडो मौसम आउन केहीदिन मात्र बाँकी छ आफु अनि बच्चालाई कसरी जोगाउने ?,’ स्थानीय उर्मिला सदाले सुनाइन् ।

पक्राउ परेका मलेसीकी छोरी बेपत्ता

रामप्रतापको मृत्युको घटनामा संलग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय गौशालाले मलेसी र नथु सदालाई पक्राउ गरि उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा चलाएको छ ।

मलेसीका चार र नथुका ३ जना छोराछोरी छन् । घरमा कोही उनीहरुका श्रीमती र बालबच्च मात्र छन् । ती मध्ये मलेसीका १६ वर्षीया छोरी हरिकञ्चन सदा घटना भएकै दिनदेखि बेपत्ता छिन् । ‘सबै आफन्त, नातागोता र कुटुम्बको घरमा खोजिसक्यौँ तर कहीँ भेटिएन् ।

कुटपिटको क्रममा यादवहरुले मेरो छोरीलाई उठाएर लाने, इज्जत लुट्ने भन्दै थिए । सायद उनीहरुले नै उठाएर लगे कि के गरे पत्ता लागेको छैन,’ आँशु झार्दै उनकी आमा कारोदेवी सदाले भनिन् । उनका अनुसार झगडाका बखत हरिकञ्चन घरमै थिइन् । तर भागाभाग मच्चिएपछि सबै गाउँ छोडेर भागे ।

हरिकञ्चन समेत कतै भागेको हुनसक्ने आशंका थियो । तर अहिलेसम्म उनी फेला नपरेपछि विभिन्न शंका गरिन थालिएको छ । ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक विष्णु प्रदिप बस्यालले कञ्चनरुपको खोजबिनमा प्रहरी लागि परेको बताए । ‘झडप हुँदा कसैले उनलाई समात्न खोजेको थियो । त्यतैखेर उ भाग्या हो । मेरो बुझाइमा बेपत्ता होइन,’ उनले भने । सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादवले मुसहर समुदयामाथि यहाँ अत्याचार भएको बताए ।

‘घटना नहुनुपर्नेथ्यो । तर भइसकेपछि मृतक परिवारलाई कानुनी उपचार खोज्नुपथ्र्यो न कि मुसहर वस्तीमा गएर घर तोडफोड र लुटपाट गर्नुपथ्र्यो,’ मिडियाप्रति आक्रोश पोख्दै उनले भने, ‘पीडितका लागि आजसम्म कुनै पत्रकार र मिडिया आएन् । जसको कोही छैनन् उसका लागि मिडिया पनि छैनन् ।’

मुसहर कमजोर र सानो जात भएकाले केही यादव समुदायले छेडखानी गरेपछि घटना भएको उनको भनाइ छ । ‘सानो जात केही बुझ्दैनन, पढेलेखेका हुँदैनन । उनीहरुका कोही हँुदैन कमजोर हुन्छ भनठानेर यीनीहरुले छेडखानी गरे । मुसहरले प्रतिकार गरे । संयोगबस रामप्रताप मरे,’ अध्यक्ष यादवले भने, ‘यस्तो डरको माहौल बन्यो कि एक हप्तासम्म जनपथ र सशस्त्र प्रहरीले त्यहाँ अस्स्थायी पोष्ट बनाएर बस्नुपर्यो ।’

वडा, पालिका र प्रहरीको सहकार्यमा गाउँ छोडेर भागेका केही मुसहर समुदायका व्यक्तिलाई घर फर्काइएको उनले बताए । हरिकञ्चन बेपत्ता भएको विषयलाई आफुले समेत गम्भीरता पुर्वक लिएको र खोजबिन गरिरहेको गाउँपालिका अध्यक्ष यादवको भनाई छ । प्रहरी निरिक्षक बस्यालका अनुसार मुसहर टोलका अझै ५० प्रतिशत व्यक्ति गाउँमा छैनन् ।

रामप्रतापको हत्या भएको घटनामा २ जना पक्राउ परेपनि जाहेरी परेकामध्ये १४ जना अझै फरार छन् । आफुहरुमाथि लुटपाट, छोरी बेपत्ता पारेको र कुटपिट गरेको भन्दै मुसहर समुदायले समेत ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिने तयारीमा छन् । ‘हामीले मुचुल्का गरिसक्या छौँ । उनीहरुले जाहेरी ड्राफ्ट गरिसकेको खबर आएको छ ।

एकचोटी ल्याउँदा केही मिस्टेक थियो करेक्सन गरेर ल्याउन भनेका छौँ । जाहेरी आएपछि घटनामा संलग्न अर्को पक्षलाई पनि कारबाही गर्छौ,’ प्रहरी निरिक्षक बस्यालले थपे । समुदायका कोही पढलेख नगरेकाले कानुनको प्रक्रियमा जान अप्ठयारो परेकाले सहयोग गरिदिन कारोदेवी सदाले आग्रह गरिन् ।

साभार-जनकपुर प्रेस बाट

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

भोटेकोशी बाढीमा वीरगञ्जका १५ बेपत्ता, परिवारको पीडामा मेयर सिंह

भोटेकोशी बाढीमा वीरगञ्जका १५ बेपत्ता, परिवारको पीडामा मेयर सिंह

गरुडा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी अभाव, गर्भवतीले बाहिरै जन्माइन् बच्चा

गरुडा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी अभाव, गर्भवतीले बाहिरै जन्माइन् बच्चा

जनकपुरधामका निजी अस्पतालको स्वास्थ्य सेवाबारे अन्तर्क्रिया

जनकपुरधामका निजी अस्पतालको स्वास्थ्य सेवाबारे अन्तर्क्रिया

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी  ‘विनाशकाले विपरीत बुद्धि’

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी ‘विनाशकाले विपरीत बुद्धि’

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि