अरुण कुमार यादव/सप्तरी/असोज २३ गते।पुर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको खडक गरपालिकोको ईन्द्रचौतारी चोकमा शनिवार साँझ बसले मोटरसाइकललाई ठाक्कर दिदा एक जना महिलाको ज्यान गएको छ ।
पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्र.२–०१–००१ प ०३३४ नंम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जादै गरेको बा ३ ख ९६९० नंम्बरको बसले ठक्कर दिदा मोटरसाइकलको पछाडी सवार सप्तरीको खडक नगरपालिका ९ सरपा टोल बस्ने ३० बर्षीया गुल्लु खातुनको ज्यान गएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भिर घाइते भएका उनलाई उपचारको लागी राजविराज स्थित गजेन्द्र नारायण सिँह अस्पताल ल्याउने क्रममा बिच बाटोमै ज्यान गएको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले बताए ।
मोटरसाइकल चालक ( मृतकको श्रीमान् ) ३२ बर्षीयको मो. कुदरस र सोही मोटरसाइलमा बिचमा सवार निजको ५ बर्षीय छोरा मो. समद सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको स्थानिय असपतालमा उपचार भइरहेको छ भने ठक्कर दिने बस र बसका चालक दोलखा कालिन्चोक गाउँपालिका वडा नं. ४ बन्चरे बस्ने ३३ बर्षको नेत्र बहादुर थामीलाई प्रहरीले नियन्त्रमा लिएको र घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।














Discussion about this post