अरुण कुमार यादव/सप्तरी/असोज २२ गते।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह चौकबाट अवै ध चाँदीका गरगहना सहित एक ब्यक्तिलाई प्रहरीले आज प क्रा उ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ रङगेली नगरपालिका वडा नं.९ बस्ने २६ बर्षीयको उमेश बि.कलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले बताए ।
उनको साथबाट रु छ लाख साठ्ठी हजार मुल्य बराबरको चाँदीका गरगहनाहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
अबैध रुपमा बोकी ल्याई रहेको चाँदीको ८८ पिस सादा पाउँजु २७ पिस जेन्स ब्रासलेट, ३ पिस लेडिज ब्रास्लेट, ३० पिस झालर पाउँजु, ६२ पिस बच्चाको पाउँजु , ७२ पिस सिकडि र २८ पिस बच्चाको चुड्डा जम्मा ७ केजी तौल लगायतका गरगहाना प्रहरीले उनलाई प क्रा उ गरेका प्रहरीले जनाएको छ ।
यता बरामद गरिएका अ वैध चाँदिका गरगहनासहित आवश्यक कारवाहीको लागी सामान सहित उनलाई आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरी पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।यसैबिच दशै सुरु भए संगै सप्तरी प्रहरीले सुरक्षा ब्यवस्था कडा पारिएको छ।














Discussion about this post