अरुण कुमार यादव/सप्तरी/असोज २० गते। सप्तरीको रुपनी गाउँपालिका ६ स्थित शनिमन्दिर नजिकै जंगलमा आज एक जना युवती मृ त अवस्थामा भेटिएका छन ।
रुपनी गाउँपालिका २ रायपुरका खेलानन्द चौधरीको २० बर्षीया छोरी चाँदानी चौधरी रुखको हाँगामा पासो लागाएर झु न्डि एको मृ त अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घाँस काट्न गएका स्थानीयहरुले युवती झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।मानसिक रोगी चाँदानी गत शनिबार देखि घरबाट बे प त्ता भएको थियोे ।
मृ तक युवतीको श व परिक्षणका लागि राजबिराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको स्थानियबासीले जनाएको छ ।
मृ तक युवती पहिला देखिने मानसिक संतुलन ठिक नरहेको भन्दै आफै रुखमा झुण्डीएको हुन सकिने र घटना बारे थप अनुसान्धन भईरहेको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।














Discussion about this post