अरुण कुमार यादव/सप्तरी/असोज १९ गते।तेश्रो भेरिएन्टको कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सप्तरीको राजविराजमा आजदेखि मास्क प्रयोगका लागि अभियान संचालन गरिएको छ ।

विगतको कमीकमजोरीबाट पाठ सिक्दै प्रदेश सरकारले पूर्वतयारीको क्रममा मास्क अभियान संचालन गरेको हो ।प्रदेश–२ सरकारका समाजिक बिकास मन्त्रालय तथा युनिसेफ र लाईफ नेपाल धनुषाको सहयोगमा सप्तरीको राजविराजस्थित गजेन्द्र चौकमा मंगलबारबाट सुरु गरिएको पूर्ण माक्स प्रयोग सुनिचितता शुभारम्भ भएको कार्यक्रममा नो मास्क, नो सर्भिस, नो मास्क, नो टक, नो मास्क इन्ट्री नाराका साथ प्रदेश सरकारले कोरोनाबाट जोगाउन नागरिकहरुलाई मास्क वितरण गर्न लागिएको जनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका समाजिक बिकास मन्त्री नबलकिसोर साहले कोरोना महामारीबाट जोगिनकोलाई माक्स लगाउन अभियान चलाउनुपर्ने बताए ।

उनले माक्स लगाउने बिधि नअपनाए सम्म नागरिकको आफनो जिवन रक्षा हुदैन,कोरोना महामारीबाट बच्नको लागि माक्स अनिवार्य रहेको बताए ।मन्त्री साहले गरिब जनताको लागि प्रदेश सरकारले माक्स उपल्बध गराउने भन्दै २५ हजार माक्स जिल्ला प्रहरी र प्रशासन कार्यालयलाई उपल्बध गराउने बताए ।
साथै उनले पाँच÷पाँच हजार माक्स जिल्ला स्वास्थ्य कार्यालय मार्फत बिभिन्न सरकारी कार्यालयहरुलाई समेत दिने उधघोष गरेका छन । त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कोरोना केही कमी भएपनि अझै तेश्रो लहर आउने सम्भावना रहेकोले सर्तक रहन आग्रह गरेका छन ।
अहिले पनि बिभिन्न कार्यालयमा काम गर्ने कर्मचारी,सेवाग्राहीले माक्स,साइनिटाइजर र साबुन पानीको प्रयोग गरेर काम गर्न निर्देशन दिदै सप्तरीमा माक्सको प्रयोग न्युनदेखिएकोले सबैले माकस प्रयोग गनुपर्ने जोड दिए।आब केही दिनमा आउन लागिएको दशै,तिहार तथा छठ पर्वमा भिडभाड कमी गर्नुपर्ने र टोल÷टोलमा माक्सको प्रयोग बारे अभियान जारि राखिनुपर्ने उनले बताए ।
मठमन्दिरमा दर्शन गर्नजादा माक्सको प्रयोग गरेर जना आग्रह गर्दै आफनो जिवन रकक्षा अफै गर्नुपर्ने बताए।कोरोना संक्रमणबाट करिब दश हजार भन्दा बढी मानिसको ज्यान गइसकेको भन्दै खोप लगाएका वा नलगाएका सबैले माक्स प्रयोग गनुपर्ने उनले धारना ब्यक्त गरेका छन।
उनले भने माक्सको प्रयोगले ज्यान जोगाउँछ त्यसैले कहि कतै जाने बेलामा माक्स प्रयोग गरेर जनु राम्रो हुने छ।थोरै लापरबाहीले ठूलो क्षति हुने भएकोले सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्नेमा उनले जोड दिए।
जिल्ला जनस्वास्थ्य कार्यालयका निमित प्रमुख दुनियालाल यादवको अध्यक्षतामा आयोजना गरेको कार्यक्रममा बिशिष्ट अतिथि राजविराज नगरपालिmका नगरप्रमुख शम्भु यादव प्रदेश न २ निर्देशनालय स्वास्थ्य निर्देशक बिजय कुमार झा, नागरिक समाज थान सिंह भंसाली, मेयर साधना झा नेपाल रेडक्रस सोसाइटी अध्यक्ष जोगेन्द्र भगत र सुरक्षा निकाय सप्तरी युथ नेपाल सबल नेपाल युनिसेफ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिकरुको उपस्थित रहेको थियो ।
यसैगरी तपाईको मास्क खै ? भन्दै उनीहरुले निःशुल्क मास्क वितरण समेत गरेका छन।सोही अनुरुप सपतरीको राजविराज नगरपालिका बजार क्षनेत्र भित्र ७ ठाउँमा करिब दश हजार माक्स निःशुलक बितरण् गरिएको लाईफ नेपालका टिमलिडर जिवन पुडा सैनीले बताए ।
उनका अनुसार राजविराजको रुपनी रोड,हनुमानन मंदिर नजिक क.चनपुर रोड, गजेन्द्र चोक,नगरपालिका रोड,दशनचोक,कुनोली रोड,हुलाकी सडकको राम मन्दिर लगायतका ठाउँमा निःशुलक माक्स बितरण गरिएको छ । सो कार्यक्रममा सेभ द सप्तरीको कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

















Discussion about this post