अरुण कुमार यादव/सप्तरी/असोज १९ गते।सप्तरीको सुरुङगा नगरपालिका अनर्तगतका राष्ट्रिय प्राथमिक बिद्यालयका स्वयमसेवक(भोलिन्टीयर)हरुलाई पढाई तथा गणितिय सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ ।
खडक र सुरुङगा नगरपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा सबल नेपालले समुन्नति कार्यक्रम अन्र्तगत कल्यानपुरमा आयोजना गरेको ३ दिने तालिममा सुरुङगा नगरपालिकाका २१ वटा बिद्यालयका स्वयमसेवक(भोलिन्टीयर)हरु सहभागिता रहेको थियो ।
क्षमता अभिबृद्धिका लागि वडा नं. १ देखि ११ सम्मका बिद्यालयका स्वयमसेवकलाई भाषामा ६ शिपहरु ,गणितको ३ क्षेत्र संख्याको ज्ञान जायमिति आकार र मापन सम्बन्धि तालिम दिएको सवल नेपालले जनाएको छ ।
उक्त तालिममा कार्यशालाका उदेश्य सम्बन्धी पढाई तथा गणित शिविरको परिचय उदेश्य र महत्व बारे जानकारी, स्वयमसेवकहरु,शिविर संचालन गर्ने सक्क्षम हुने ,शिविर संचालनका लागि आवश्यक ब्यवस्थापन तथा शैक्षिक सामाग्रीको तयारी बारे जनाकारी र पढाई तथा गगित बिविर के हो ? लगायतका बारेमा तालिम दिइएको थियो ।
सम्पन्न भएको तालिममा सबल नेपालका फिल्ड अधिकृत,(शिक्षा)का निरबहादुर आलेले प्रमुख सहजिकरण गरेका थियो भने सहायक सहजिकरण प्रोग्राम सुपरभाइजर राधा चौधरीले गरेका थिए ।
तालिम लिएका स्वयमसेवक(भोलिन्टीयर)हरुले कक्षा १,२,३ क बालबालिकाहरुलाई हप्ताका प्रत्येक शनिवार तालिममा सिकेका कुराहरु ३ महिना सम्म शिविर संचालन गरिने सबल नेपालका फिल्ड अधिकृत,(शिक्षा)का निरबहादुर आलेले जानकारी दिएका छन।
साथै उक्त तालिमको सेभ द चिल्ड्रेनका खिलानाथ निरौलाले अनुगमत गरेका थियो । यसैबि भोलि खडक नगरपालिकाका ३६ वटा बिद्यालयका स्वयमसेवक(भोलिन्टीयर)हरुलाई राखेर अर्को तालिम सुरु हुने जनाइएको छ ।















Discussion about this post