nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरमा अख्तियारविरुद्व जसपाको प्रदर्शन : सहभागीलाई थाहै छैन कार्यक्रम

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १७, २०७८, १०:०१ मध्यान्ह
जनकपुरमा अख्तियारविरुद्व जसपाको प्रदर्शन : सहभागीलाई थाहै छैन कार्यक्रम

जनकपुरधाम/असोज १७ गते।धनुषाको सबैला नगरपालिकाका चन्देश्वर महरा जनता समाजवादी पार्टी (जसपा)को झण्डा बोकेर जनकपुरधामको पिडारी चोकमा बसिरहेका थिए । रेल्वे स्टेशनबाट जसपाले निकालेको जुलुसमा सहभागी भएर नगर परिक्रमा गरेका महरा नेताहरुले भाषण गरिरहँदा एउटा कुनामा बसिरहेका थिए ।

थकित मुद्रामा देखिएका महरालाई हामीले सोध्यौं– कहाँ आउनुभएको हो ? उनले भने, ‘जुलुसमा ।’ कसको र के सम्बन्धी जुलुस हो ? भनेर पुनः सोध्दा उनले यसबारे अनविज्ञता प्रकट गरे । भने, ‘खै के को हो त्यो थाहा भएन ।’

पार्टीको झण्डा समातेर नेताहरुको भाषण सुनिरहेका लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका रामएकवाल मण्डल र झगडु मण्डललाई पनि कुन कार्यक्रम हो थाहा थिएन । ‘जुलुसमा त आयौं, तर के को जुलुस हो त्यो थाहा भएन,’ दुवैले भने । गाउँका नेताहरुले जानुपर्छ भनेपछि आफूहरु आएको उनीहरुले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारी ‘बेटी बढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरिएको सम्बन्धी कागजात नियन्त्रणमा लिएपछि जसपाले आइतबार धनुषासहित प्रदेश २ का आठवटै जिल्ला सदरमुकाममा प्रदर्शन गरेको छ ।

प्रदेश २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधाममा आयोजित प्रदर्शनमा गाउँ–गाउँबाट सर्वसाधारणलाई ल्याइएको छ । दलित समुदायका वृद्धवृद्धा र महिलालाई ट्याक्टरमा लोड गरी जनकपुरधाममा ल्याउँदा उनीहरुले कुन कार्यक्रममा आफूहरुलाई ल्याएको हो भन्ने जानकारी समेत पाएका छैनन् ।

जसपाले गरेको प्रदर्शनमा सहभागी हुन आएका महिला

अख्तियारविरुद्व जसपाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनीहरु आएपनि पार्टीको नाम समेत थाहा थिएन । सपहीका गयाराम यादवले आफू राजपाको जुलुसमा सहभागी भएको बताए ।

बनिगामाका रामकरण दासले मधेशी पार्टीको जुलुस भएको बताए । ‘मधेशीको अधिकारका लागि आन्दोलन छ भनेर आफूलाई ल्याइएको छ,’ दासले भने । दास सवार रहेको ट्याक्टरमा बसेका अधिकांश महिलाले मधेशीलाई अधिकार नदिएकाले आफूहरु आन्दोलन गर्न आएको बताइन् ।

बनिगामाकै १५ वर्षीय बालक सुनिल यादव पनि जसपाको प्रदर्शनमा सहभागी देखिए । उनले आफू नेपाली कांग्रेसको प्रदर्शनमा आएको सुनाए ।

जसपाले अख्तियारविरुद्वको प्रदर्शनलाई ठूलो देखाउन गाउँ–गाउँबाट जनता उतारेका छन् । अधिकांश दलित समुदायका वृद्धवृद्धा र महिलालाई ट्याक्टरमा लोड गरी जनपुरधाम ल्याइएको पाइएको छ ।

ट्याक्टरका साथै जीप र मोटरसाइकलमा आएकाहरु अख्तियारविरुद्ध जसपाले गरेको प्रदर्शनमा सहभागी भएका छन् । प्रदर्शनमा प्रदेशका पूर्व राज्यमन्त्री सरोज सिंहसहित विभिन्न स्थानीय तहका जनप्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

रेल्वे स्टेशनबाट निकालिएको विरोध ¥याली भानु चोक, जनक चोक, मुरली चोक, रमानन्द चोक, जानकी मन्दिर हुँदै पिडारी चोकमा गएर कोणसभामा परिणत भएको थियो । कोणसभाका वक्ताहरुले अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेर गल्ती गरेको बताएका थिए ।

अनलाईन खबर बाट

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!