वीरगञ्ज/असोज १४ गते। प्रहरीले वीरगञ्जबाट मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवकलाई पुनः प क्रा उ गरेको छ ।
रौतहट साविक नरकटिया गा.वि.स-२, परिवर्तित परोहा गाउँपालिका-७ घर भई हाल बसाइँसराइ गरी वीरगञ्ज-२ छपकैया बस्ने १९ वर्षीय (तत्काल-१७ वर्ष) का समशाद मियाँलाई प क्रा उ गरेको हो ।
उनले वि.स.२०७६ भदौ २० गते बिहान ०६.२०बजे वीरगञ्ज-४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया मुस्कान खातुनलाई प्रहार गरेका थिए ।घटना लगतै प क्रा उ परेका मियाँ विरूद्ध ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्नेसम्बन्धी कसूरमा अनुसन्धान तथा अभियोजन भई सम्मानित पर्सा जिल्ला अदालतको आदेशले तत्काल पूर्पक्षको लागि बालसुधार गृह पठाइएको थियो ।
कोभिड-१९ को पहिलो लहरको प्रकोपका २०७६ चैत ११ गते अदालतकै आदेशानुसार चैत १२ गते निजको संरक्षकको जिम्मा लगाइएको थियो । चैत २६ गते अदालतले बाँकी कैद ५ महिना १६ दिन पूनः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय तोकेको थियो ।
तर फैसला कार्यान्वयन गर्ने सिलसिलामा उनी फ रा र भएका थिए।उनलाई बुधबार वीरगञ्ज-२, ईदगाह चोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।





















Discussion about this post