सर्लाही/असोज ९ गते । सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सातमहिने शिशु र एक युवकको श व फेला परेको छ ।
मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा सातमहिने शिशुको श व फेला परेको छ भने मलङ्गवा–७ गणेशियास्थित नहरमा अन्दाजी ४० वर्षीय एक युवकको बेवारिसे शवव फेला परेको हो ।
आज बिहान करिब १०ः०० बजे पोखरीमा सातमहिने बालकको श व स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यस्तै दिउँसो नहरमा माछा मार्न गएका व्यक्तिले युवकको श व देखेपछि प्रहरीलाई जानकारी गराएको थियो ।
दुवै श वको अहिलेसम्म पहिचान खुलेको छैन । दुवै शव अहिले मलङ्गवा अस्पतालमा राखिएको छ । दुवै श वका विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।














Discussion about this post