अरुण कुमार यादव/सप्तरी/असोज ६ गते।बिषालु सर्पदंशबाट सप्तरीको खडक नगरपालिका २ बेल्हीमा एकै परिवारका दिदीभाईको आज ज्यान गएको छ ।
ज्यान जानेमा स्थानीय राजेश मण्डलको १४ बर्षीया छोरी सुनिता र ९ बर्षीय छोरा कृष्ण रहेको प्रहरीले जनाएको छ ।
घरमा सुतेकै अवस्थामा दिदीभाईलाई सर्पले टोकेको स्थानियबासीले जनाएको छ ।
सर्पले टोकेपछि दुबैको मुखबाट फिज आएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिदै गर्दा एक जनाको ज्यान गयो भने अर्काेलाई सिरहाको लहान अस्पतालमा लगिने क्रममा ज्यान गएको वडाअध्यक्ष रामअवतार साहले बताए ।
यसैबिच घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।














Discussion about this post