सिरहा/असोज ४ गते।सिरहा नगरपालिकामा आरकेष्ट्रा बन्द गराउन गएका असई सहितको प्रहरी टोली माथि ढुगांमुढा गरिएको छ । ढुगांमुढाबाट प्रहरी साहायक नायव निरिक्षक असाई सहित ४ जना प्रहरी घाइते भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवमं प्रहरी प्रवक्ता सुभाष बुढाथोकीले जनाए अनुसार जिल्ला सिरहा सिरहा न.पा.-२१ लकडीगोठ स्थित विश्वकर्मा पुजाको उपलक्षयमा आरकेष्ट्रा नचाएको भन्ने खबर प्राप्त हुन साथ प्रहरी चौकी लकडीगोठबाट खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गरेको अवस्थामा स्थानियहरुले आफुहरुले आरकेष्ट्रा नाच गराउने जिकिर गरेपछि प्रहरी स्थानिय बिच झ ड प भए ।
आरकेष्ट्रा बन्द गर्न नमाने पछी थप मदतको लागी ई.प्र.का.माडर र प्र.चौ.खिरौना समेत बाट खटिएको टोलीले बन्द गराउने क्रममा एक्कासी बती मारी प्रहरी माथि ढुंगामुडा गर्दा प्र.चौ.खिरौनामा कार्यरत प्र.स.नि.राम पुकार चौधरीको टाउकोमा चोट अबस्था सामान्य ,ई.प्र.का.माडरमा कार्यरत प्र.ह.देव नारायण यादवको टाउकोमा चोट अबस्था सामान्य र प्र.चौ .लकडीगोठमा कार्यरत प्र.ह.राज नारायण साहको टाउकोमा चोट अबस्था सामान्य निजहरूको स्थानिय मेडिकल लकडीगोठमा उपचार भईरहेका छ ।
अवस्था सामान्य नभएपछि जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक सुभाष बुझाथोकीको कमाण्डमा खटिएको २५ जना प्रहरी टोली पुग्दा ढुंगामुडा गर्ने मानिसहरू फ रा र भएको छ । फ रा र रहेकाहरुके खोजीकाय जारी रहेको डिएसपी बुढाथोकीले बताए ।
मधेसका जिल्लाहरुमा चाडपर्वसंगै मेला महोत्सव आयोजना हुदैछ । मेलामा मधेसको परम्परा झल्किने नाच नचाउने चलन छ । मेलामा नाच नचाउने चलन अघिल्लो समय लोप भएको छ । नाचको स्थान महिला नचाउने ‘आर्केस्ट्रा’(सांस्कृतिक कार्यक्रम)ले लिएको छ । भोजपुरी र अन्य अश्लिल गितमा राती ‘ आर्केस्ट्रा’मा महिला नाच्ने प्रबृतीले अपराध बढाएको छ ।
सांस्कृतिक कार्यक्रम भन्दापनि अश्लिल नृत्यको होडबाजी चलेको छ । समाजले पचाउन नसक्ने महिलाको पहिरण र खुला मञ्चमा महिला पुरुषको अश्लिल नृत्यले उत्तेजित हुने भिडले पटक पटक झ ड प भएपछि सिरहामा ‘आर्केस्ट्रा’मा स्थानिय प्रशासनले रोक लगाएको छ । राजनीति दलका नेताले आर्केस्ट्रा आयोजन गरेको पाइएको छ । सुरक्षा दिने सुरक्षाकर्मीमाथि ढुगांमुढा हुनु दुखद हो ।

















Discussion about this post