महोत्तरी/असोज ३ गते।महोत्तरीमा आइतबार दुई पक्षबीच झ ड प हुँदा एकजनाको ज्यान गएको छ।
शनिबार राति आर्केस्ट्रा नाच हेर्ने क्रममा एकजना युवा कु टि ए को निहुँमा आइतबार दुई पक्षबीच झ ड प भएको हो। झ ड पमा ५० वर्षीय रामप्रसाद यादवको ज्यान गएको छ।
कु टि एका युवाको अभिभावक र गाउँका अन्य व्यक्तिहरू कु ट पि ट गर्नेको घरमा पुगेपछि दुई पक्षबीच झ ड प भएको थियो। झ ड प मा थप दुईजना घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न थप दुईजनालाई नियन्त्रणमा लिएको छ।
सोनमा गाउँपालिका– ७ सुन्दरपुर मैनटोलमा शनिबार राति आर्केस्ट्रा नाच आयोजन गरिएकोमा उक्त नाच हेर्न पुगेका सोनमा गाउँपालिका– २ तरहारीनिवासी सरोज यादवलाई कु ट पि ट गरी उनको मोबाइल र अन्य सामानहरू स्थानीय मलेठी सदाले खोसेका थिए।
सोही सामग्री लिन र आफ्नो भाइलाई किन कु ट पि ट गरेको भनी सोध्न गएका सरोजका भाइ मुकेश यादवसहितको दर्जनौँको समूहमाथि स्थानीय बिलटु सदासहितका व्यक्तिहरूले कु ट पि ट गरेका थिए।
छोरासँगै पुगेका सरोज र मनोजका बुबा ५० वर्षीय रामप्रसाद यादवलाई समेत कु ट पि ट गरिएकोमा उनी गम्भीर घाइते भएका थिए। उनको उपचारकै क्रममा गौशालास्थित स्वास्थ्य चौकीमा ज्यान गएको हो।














Discussion about this post