सिरहा/भदौं ३० गते। सिरहाको लहानमा उदयपुरकी एक युवती मृ त भेटिएकी छन् ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराकी २१ वर्षीया करिश्मा चौधरी आफ्नै कोठाभित्र मृ त भेटिएकी हुन् ।
लहानस्थित एक कपडा पसलमा काम गर्दै आएकी करिश्मा कोठाको बाहिरबाट चुकुल लगाएको अवस्थामा मृ त भेटिएको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ ।
करिश्मा दिउँसोदेखि साँझसम्म कोठाबाट बाहिर ननिस्किएपछि घरबेटीले कोठा खोलेर हेर्दा उनलाई मृ त अवस्थामा फेला पारिएको मृ त क युवतीका मामाको छोरा राजेश चौधरीले बताए । राजेशले करिश्माको ह त्या भएको दाबी गरेका छन् ।
इलाका प्रहरी कार्यालय लहानले मृ त कको घाँटीमा डोरीले बाँधेको डाम, रगत र टाउकोमा चोट देखिएको बताएको छ । चुकुल बाहिरबाट लगाइएको अवस्थामा भेटिनुले थप शंका उब्जाएको भन्दै परिवारले छानविनको माग गरेको छ ।
यता अनुसन्धानको लागि भन्दै प्रहरीले एक जनालाई प क्रा उ गरेको छ । ह त्या वा आ त्म ह त्या भन्ने पोस्टमार्टमपछि मात्र थाहा हुने र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

















Discussion about this post