सिरहा/भदौ २९ गते ।सिरहाको गोलबजारबाट ठूलो परिमाणको प्रति बन्धि त लागुऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रति बन्धि त लागुऔषध बेनाड्रिल १३ थान,पेन्टाजोसिन इन्जेक्सन १८८ वटा र पेन्टाजोसिन ल्याक्टेड इन्जेक्सन २३० सहित गोलबाजर नपा ४ का दाई ४६ वर्षिय जगदिश कुमार साह र ४३ वर्षिय भाई दिलिप कुमार साहलाई प्रह्ीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय गोलबजार र प्रदेश प्रहरीको टोलिले विशेष सुचनाको आधारमा उनीहरुले चलाईरहेको औषधी पसल र घरबाट सो परिमाणको लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकिले जानकारी दिए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । प क्रा उ परेकाहरुलाई आजै लागुऔषध कारोवार मुद्दामा म्याद थप गर्ने जनाएको छ ।
प क्रा उ परेकाहरु करिब २० वर्ष देखि गोलबजारमा प्रति वन्धित लागुओषधको कारोवार गर्ने गरेको एक स्थानियले जनाएको छ ।

















Discussion about this post