सप्तरी/भदौ २८ गते।सप्तरीको खडक नगरपालिका वडा नं ३ का वडा बाल क्लव सञ्जाल र वडा बाल संरक्षण समिति खडक ३ को आयोजना तथा सबल नेपाल, सेभ द चिल्ड्रेन समन्वय सहकार्यमा म.वि. बनराझुलाको प्राङ्गणमा राष्ट्रिय बाल दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ।
“सामान्य अवस्था हो वा कोभिड महामारी,बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी” भने राष्ट्रिय नाराको साथ आयोजना भएको सो कार्यक्रममा खडक ३ का पाँच ओटा बालक्ल्बको सहभागी रहेको सो कार्यक्रममा बालबालिकाहरूको बिच स्लो साइकल रेसिङ् प्रतियोगिता र दौड
प्रतियोगिता आयोज भएको थियो।
कार्यक्रमममा खडक ३ का वडाअध्यक्ष श्री गमकलाल चौधरी सभा अध्यक्, नगर बाल संरक्षण समितिका सचिव श्री रामेश्वर चौधरी प्रमुख अतिथि र नगर कार्यपालिका सदस्य श्याम नन्दन चौधरी विशिष्ठ अतिथिकोरुपमा उपस्थिति हुनुको साथै अस्थायी प्रहरी पोष्ट खर्चियाका प्रमुख पवन झा, वडा बाल संरक्षण समितिका सदस्य सिया राम पासवान, सबल नेपालबाट प्रोग्राम सुपरभाइजर अशोक साह, फिल्ड अधिकृत खडक नारायण चौधरी,सामुदायिक परिचालक उषा साह,नगर बाल सञ्जालका अध्यक्ष प्रल्हाद चौधरीको साथ साथै मा. वि. बनर्झुलाको प्रधानध्यापक सँगै शिक्षक र अभिभावकको उपस्थिति रहेको थियो।
कार्यक्रको अन्त्यमा सभा अध्यक्ष गमकालाल चौधरीले बाल दिवस बालबालिकाको इतिहास दर्शाएको र यसले हामीलाई बाल अधिकारको बारेमा जानकारी दिनुको साथै बालबालिका सम्बन्धी यस्ता विभिन्न कार्यक्रम बाल दिवसको अवसरमा मात्रै नभएर समय समयमा गर्नुपर्ने जरुरी भएको र यसको आफूहरू तत्पर रहेको भनी मन्तव्यमा मार्फत जनाएको हो।
बालबालिका सम्बन्ध कसूर न्यूनीकरण गर्नमा बालक्लव महत्वपूर्ण भूमिका खेल्न सकिन्छ र यस्तो अपराध हुँदै गरेको थाह पाएमा बालबालिका वा जोसुकै हामीले खबर गर्न सकिने भनी अस्थायी प्रहरी पोष्ट खर्चुहियाको प्रमुख पवन कुमार झाँले कार्यक्रमलाई सम्बोधनको क्रममा जनाउनुभयो।














Discussion about this post