भदौ २७ गते।नेपाल प्रहरीले ज ब र जस्ती क र णी र डाँका मुद्दामा फरार एक जनालाई १० वर्षपछि प क्रा उ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विसं २०६४ भदौमा एक महिलालाई डर त्रास देखाई ज ब र जस्ती क र णी गरी सुनलगायत बहुमूल्य गरगहना लुटेर फ रा र भएका सुनसरी इटहरी उपमहानगरपालिका–१७ पकलीका ४१ वर्षीय बल्ला भन्ने रजाबुल मियालाई आज दिउँसो प क्रा उ गरेको हो ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत विराटनगरको विसं २०६८ असार ३० को फैसलाले १४ वर्ष पाँच महिना १२ दिन कैद सजाय र रु ६४ हजार ५०० जरिवाना गरेपछि फ रा र रहेका मियालाई आज सुनसरीबाट प क्रा उ गरिएको जानकारी दिए ।
प क्रा उ परेका मियालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइएको प्रवक्ता महतोले बताए ।





















Discussion about this post