अरुण कुमार अक्षय/सप्तरी/भदौ २४ गते।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-३ सखरपुरामा आज साँझ करेन्ट लागेर एक जना बालकको ज्यान गएको छ ।
स्थानिय बिनोद ठाकुरको ११ बर्षीय छोरा चन्दन ठाकुरको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
घरमा एकलै भएको अबस्थामा डिस होमको रिसिभरलाई सफा गर्ने क्रममा करेन्ट लाग्दा उनको घटना स्थालमै ज्यान गएको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले बताए ।
शव परिक्षण्का लागि राजविराजस्थित गजेन्द्र नारायण अस्पताल ल्याएको र घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।














Discussion about this post