सिरहा/भदौ २४ गते ।सिरहाको औरही गाउँपालिका उपाध्यक्ष सीताकुमारी यादवले आफ्नै गाउँपालिकाबाट सूचना उपलब्ध नगराइएको भन्दै उनले जिल्ला प्रशासन कार्यालय, सिरहा पुगेर सिडिओसमक्ष निवेदन दिएकी छिन् ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा पुगेर उपाध्यक्ष यादवले निवदेन दिएकी थिइन् उनले निवदेन दिएलगत्तै जिल्ला प्रशासन कार्यालयले उक्त गाउँपालिकाका प्रशासकीय अधिकृतलाई पत्र लेखेको छ ।
सो निवेदन अनुसार सूचना उपलब्ध गराउनू भनि जिल्ला प्रशासन कार्यालयले भदौ ११ गते पनि गाउँपालिकाका प्रशासकीय अधिकृतलाई पत्र पठाएको थियो ।
तर त्यसका बाबजुद पनि आफूलाई सूचना नदिइएको भन्दै उपाध्यक्ष यादव बुधबार पुनः जिल्ला प्रशासन कार्यालयमा अर्को निवेदन लिएर पुगेकी हुन् ।
उपाध्यक्ष यादवका अनुसार गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले उनलाई जानकारी नै नदिइकन गाउँसभा सम्पन्न गरेका छन् ।स्रोत-डिसि नेपाल बाट

















Discussion about this post