अरुण कुमार अक्षय/सप्तरी/भदौ २३ गते।“मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता, प्राबिधिक प्रयोगको असमानतामा न्युनता” आदर्श वाक्य सहित ५५ औ अन्तराष्ट्रिय साक्षारता तथा राष्ट्रिय शिक्षा दिवस पारेर सप्तरीको खडक नगरपालिकामा बुधवार छुटा छुटै कार्यक्रमको आयोजना गरिएको छ ।

सप्तरीको खडक नगरपालिका वडा नं. ७ कल्यानपुरमा सेभ द चिल्ड्रेन तथा सवल नेपालको सहकार्यमा खडक नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखा कल्यानपुरको आयोजना गरेको कार्यक्रममा चित्रकला,निवन्धप्रतियोगिता र वकतृत्वकला प्रतियोगिता गरिएको छ ।
उक्त कार्यक्रममा खडक नगरपालिका भित्र रहेका बिभिन्न समुदायिक बिद्यालयका छात्र÷छात्राहरुको सहभागिता रहेको थियो ।

खडक नगरपालिकाका शिक्षा संयोजक वीरेन्द्र कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा कोभिड १९ ले शिक्षामा पारेको प्रभाव बारे वकतृत्वकलाको आयोजना गरिएको छ ।
खडक नगरपालिका भित्रका करिब ४१ वटा बिद्यालय सहभागि रहेको चित्रकला,निवन्धप्रतियोगिता र वकतृत्वकला प्रतियोगिता कार्यक्रममा निर्णयक मण्डलले गरेको निर्णय अनुसार प्रथम,दोश्रो,तेश्रो र सानतोना प्राप्त गरेकाहरुको नामहरु प्नि सार्वजानिक गरिएको छ ।
उक्त आयोजित कार्यक्रममा निर्णयक मण्डलले गरेको सार्वजनिक परिणम अनुसार वकतृत्वकलामा भ.स.राजमाबि कल्यानपुरका प्रलाद चौधरी प्रथम, बनरझुला माविका प्रिंयका कुमारी साह द्धितिय, मावि पंसेरका मन्जुला कुमारी चौधरी तेश्रो र सान्तोना श्री ५ महेन्द्र मावि फुलवारियाका अस्मिता कुमारी साह भएका छन ।
यस्तै चित्रकला तर्फ निमावि दुहवीका आयुष श्रेष्ठ प्रथम,प्रावि मुसहरनियाका रमित चौधरी दोश्रो, इनरवा फुलबरियाका कंचन कुमरी चौधरी तेश्रो र प्रावि कल्यानपुरका सृजना कुमारी साह सान्तोना प्राप्त गरेकिछिन ।
निवन्धप्रतियोगिता तर्फ बिशाल कुमार राम प्रथम,पुष्पा कुमारी ठाकुर दोश्रो, सोनिया कुमारी मंडल तेश्रो भएका छन भने दिपेन्द्र राम सान्तोना प्राप्त गरेका छन ।
वकतृत्वकला प्रतियोगितामा ७ वटा बिद्यालयका १३ जना छात्र÷छात्रा सहभागि थिए भने निबन्धप्रतियोगीतामा २७ वटा बिद्यालयको ५४ जना र चित्रकला प्रतियोगितामा २७ वटा बिद्यालयका ५४ जना छात्र/छात्राहरुलाई सहभागि रहेको थियो ।कार्यक्रममा बिभिन्न बिद्यालयका प्रअ,शिक्षक,शिक्षिका नगरपालिकाका वडाअध्यक्ष तथा स्थानिय सहभागिहरुले मानिसको जिवनमा शिक्षा आवश्यक रहेकोले बिद्यार्थीहरुलाई गुनस्तरीय शिक्षा दिनुपर्ने जोड दिएका छन ।
कार्यक्रममा सबल नेपालका फिल्ड अधिकृत(शिक्षा)का निरबहादुर आले, अधिकृत अशोक कुमार साह लगायतका सहभागिता रहेको थियो ।
कार्यक्रम संचालन भने सवल नेपालका प्रयोजना अधिकृत राधेश्याम रामले गरेक थिए । त्यस्तै सप्तरीको सुरुङगा नगरपालिका वडा नं. १ स्थित जनतामावि शिशुवारीमा हाजरी जवाफ प्रतियोगिताको समेत आयोजना गरेको छ ।
नगरप्रमुख मुक्तनाथ चौधरीको प्रमुख आतिथियमा आयोजि कार्यक्रममा मसिलाल जनता मावि कुशाहा प्रथम,जनता मावि दोलतपुर दोश्रो,जनता मावि भेरिया तेश्रो भएका छन ।














Discussion about this post