सिरहा/भदौ २२ गते ।सिरहामा १४ वर्षीया बालिकासँग बालविवाह गरी ब ला त्का र गरेको कसुरमा एक युवलाई जिल्ला अदालत सिरहाले तीन वर्ष कैद फैसला सुनाएको छ ।
जिल्ला अदालत सिरहाले कल्याणपुर ९ का २३ वर्षीय बरुण यादवलाई १४ वर्षिय बालिकासँग बालविवाह गरी ब ला त्का र गरेको ठहर गर्दै न्यायाधीश प्रकाश खरेलको इजलासले ३० हजार रुपियाँ जरिबाना सहित कैद फैसाला गरेको हो ।
पीडित बालिकालाई यादवले ०७७ वैशाख १४ गते ललाइ फकाइ बालविवाह गरी ब ला त्का र गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा वैशाख २८ गते उजुरी दिएका थिए ।
सोही आधारमा पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख २८ गते भएको थियो । सोही दिन प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएको थियो । जिल्ला अदालतको आदेशमा जेठ १९ गतेदेखि यादव पुर्पक्षका लागि थुनामा रहदै आएको प्रहरीले जनाएको छ ।
साभार-गमक पोष्ट बाट

















Discussion about this post