सिरहा/भदौ १८ गते । सिरहा प्रहरीले लागु पदार्थ ब्राउन सुगरसहित आज एक युवकलाई प क्रा उ गरेको छ ।
ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले अपरान्ह १२ बजेतिर सिरहा नगरपालिका १७ काली चौकबाट लागुपदार्थ ब्राउन सुगरसहित सिरहाको मिर्चैया नगरपालिका ५ का २६ बर्षीय मोहमद नियाज सेखलाई प क्रा उ गरेको हो ।
प क्रा उ परेका सेखको साथबाट १० ग्राम ५सय मिलि ग्राम ब्राउन सुगर बरामद् भएको र थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।

















Discussion about this post