सुरेश राय/सिरहा/भदौ १८ गते । सिरहा जोडीएको भारतीय बजार जयनगर नजीकै एक युवक मृ त अवस्थामा फेला परेको छ ।
सिरहाको गोलबाजर नगरपालिका ४ निपनियाँका करिव ४० वर्षिय दुखरण महराको शव भारत विहारको मधुवनि जिल्ला अन्तर्गत जयनगर बजार नजीकै धारिलो हतियार प्रहार गरी घाँटी रेटिएको र शरीरको विभिन्न भागमा गहिरो चोटपटक लागेको अवस्थामा शुक्रबार श व फेला परेको हो ।
महराको धारीलो हतियारले घाँटी रेटिएको र शरिरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिराका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए । महराको शव जयनगरकै एक अस्पतालमा राखिएको बताइएको छ ।
महरा हिजो घरबाट पैसा लिएर मोटरसाइकल किन्न निस्केको उनको जेष्ठो छोरा विमल महराले जानकारी दिए । उनी मोटरसाइकल किन्ने विषयमा आमासँग विवाद भएर निस्केको समेत बताए ।
आज विहान वेवारीसे अवस्थामा भेटिएको उनको पकेटमा भेटिएको डायरीमा लेखिएको नम्वरको आधारमा उनी नेपाली भएको भन्ने जानकारी पाएपछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेरको बताइएको छ । त्यसैको आधारमा घर परिवारले जानकारी गराएको प्रहरीले बताएको छ ।
घटना थाहापाएपछि घरमा रुवावासी चलेको छ । मृतक महराको एक श्रीमती, ३ छोरा र एक छोरी रहेको जनाएको छ ।प्रहरीले घटनाबारे भारतीय प्रहरीसँगको समन्वयमा थप जानकारी लिने कार्य भईरहेको भईरहेको बताए ।स्रोत-गमक पोस्ट बाट

















Discussion about this post