बाबु प्रेम यदुवंशी/महोत्तरी/भदौ १८ गते ।महाेत्तरीकाे सुन्दरपुरमा मलामीबाट फर्केर पोखरीमा नुहान पस्दा बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।
सोनमा गाउँपालिका ७ सुन्दरपुर स्थित जनता माबि बिधालयको पोखरीमा विहिवार देखि एक पुरुष डुबेर वे प त्ता भएकाे थियोे ।
उनि नुहाउने क्रममा बेपत्ता भएकाे स्थानीयले जनाएकाे छ। फेला परेकाे श व स्थानीय ५० वर्षिय खुईला भनिने उपेन्द्र बैठाकाे रहेको छ।उनि मलामि बाट फर्केर नुहाउने क्रममा बे प त्ता भएका थिए।
स्थानीयका अनुसार मलामि बाट फर्केर सबै जना पोखरीमा नुहाउन गएको तर खुईला पोखरीबाट बाहिर नआएर पोखरीमा डुबेर हराएकाे थियोे ।
स्थानीयले खबर गरेपछि अहिले प्रहरीको टोली घटना स्थल खाेतलास गरेपनि श व भेटिएकाे थिएन ।
साँझ परेर अन्ध्यारो भएकोले खोज्न समस्या भएको प्रहरीले जनाएको थियोे ।
तर आज विहानै देखि स्थानीयहरूले माछा मार्ने महाजाल पाेखरीमा हालेर खाेज्न थाले पछि श व फेला परेकाे हाे।














Discussion about this post