एजेन्सी/भदौ १७ गते।बिग बोस सिजन १३ का विजेता समेत रहेका अभिनेता सिद्धार्थ शुक्लाको सोमबार निधन भएको छ । हृयाघातका कारण शुक्लाको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
उनी पछिल्लोपटक ओटीटीमा प्रसारण भएको बिग बोस र डान्स दिवानेको तेस्रो सिजनमा पनि देखिएका थिए । बिग बोसको कारण उनी चर्चित भएका हुन् । उनले ठूलो पर्दाको फिल्म हम्पटी शर्माकी दुल्हानियाँमा पनि अभिनय गरेका थिए ।
उत्तर प्रदेशको प्रयागराजबाट मुम्बई पुगेका शुक्ला भारतीय टेलिभिजनका चर्चित अभिनेता हुन् । उनी पछिल्लोपटक एकता कपुरको लोकप्रिय सो ‘ब्रोकन बट ब्यूटीफुल थ्री’मा देखिएका थिए ।शुक्लाको निधनले विश्वभरका उनका प्रशंसकलाई दुःखित तुल्याएको छ ।














Discussion about this post