nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा तिज प्रतियोगितात्मककाे तयारी समिति गठन

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १६, २०७८, ८:५६ मध्यान्ह
सप्तरीमा तिज प्रतियोगितात्मककाे तयारी समिति गठन

सप्तरी/भदौ १६ गते ।प्रतियोगितात्मक गीत–नृत्यका साथ तीज महोत्सव मनाउन राजविराजमा अाज भएको एक भेलाले तीज महोत्सव मूल समारोह समिति गठन गरेको छ ।

सामाजिक, मानव तथा महिला अधिकारका क्षेत्रमा क्रियाशील ३ दर्जन महिलाहरूको उपस्थितीमा भएको भेलाले राजविराज जेसीजकी निवर्तमान अध्यक्ष पुनम पोखरेलको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

कोषाध्यक्षमा सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष ललीता कर्ण र सदस्यहरूमा महिला मानव अधिकार रक्षक सञ्जालकी गीता पाण्डे, राजविराज जेसीजकी रञ्जना चौधरी र माडवारी महिला मञ्चकी रिया राय सञ्चेती रहनु भएको छ ।

समितिले प्रतियोगितात्मक मौलिक तीज गीत तथा नृत्य कार्यक्रमका विजेता समुहलाई पुरस्कार वितरण गर्ने तथा रेकर्ड गीतमा नृत्यु गर्नेमध्ये उत्कृष्ठलाई बिशेष उपहार प्रदान गर्ने जनाएको छ ।

वैठकले महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीकी अध्यक्ष अनीता देवकोटाको अध्यक्षतामा २१ सदस्य रहेको व्यवस्थापन समिति समेत गठन गरेको छ । तीज महोत्सवलाई थप व्यवस्थित गर्न आगामी वैठकले पुरस्कार उपसमिति, प्रचार प्रसार उपसमिति र मञ्च व्यवस्थापन उपसमिति गठन गर्ने जनाएको छ ।

रेयुकाई र राजविराज जेसीजले साढे एक दशक अघिदेखि सुरुवात गरेको तीज महोत्सवले राजविराजमा निरन्तरता पाउँदै आएको छ । राजविराज जेसीजको संलग्नतामा महिला अधिकारकर्मीहरुले पछिल्लो केही वर्षदेखि मनाउँदै आएको तीज महोत्सव गत वर्ष कोभिड–१९ का कारण हुन सकेन् ।
प्रेम, त्याग र समर्पणको ऐतिहासिक महत्वलाई आत्मसात गर्दै धर्म, संस्कार र संस्कृतिको मूल्य, मान्यता र मौलिकतालाई लोप हुन नदिन संस्कृतिको संरक्षण आवश्यक रहेको भन्नुहुँदै संयोजक पोखरेलले सुरक्षित भएर तीज महोत्सव पर्व मनाउन लागिएको बताउनु भयो ।

प्रतियोगितामा सहभागी हुन चाहने ३ जनाको समूहले मनको पीडा र भोगेका वेदना, खुशी र समस्यालाई मौलिक गीत–नृत्यमार्फत प्रस्तुती दिनु पर्ने आयोजकले जनाएको छ ।
नारी स्वतन्त्रताको प्रतीकको रुपमा रहेको यस पर्वमा सौभाग्यको प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाहरूले तीज गीतमार्फत महिला अधिकारका साथै जनताको आवाज उठाउने गरेका छन् । गीतहरूमार्फत महिलाहरूले राजनीतिक स्थायित्व, सामाजिक न्याय र परिवर्तनका लागि सम्बन्धित निकायको ध्यानकर्षण गराउने विश्वास गरिएको छ ।

परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दु नारी निराहार र निर्जल बसी तीजको दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको ब्रत बस्ने गर्छन् । भाद्र शुक्ल द्वितीयाका दिन राति दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।

हरितालिका ब्रतका प्रभावले हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रुपमा प्राप्त गर्न सफल भएको मान्यताले तीज ब्रतको महत्व बढेको गणेश मन्दिरकी पुजारी लक्ष्मी न्यौपानेले बताउनु भयो ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसद्मा लैजाने स्वीकृति

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

थालापतिको चलचित्रको बम्पर ओपनिङ, अग्रिम टिकटवाटै २८ करोड संकलन

‘जन नायकन’ थलापतिको सर्बाधिक सातौं हिट फिल्म, पाँच दिनमै कटायो २३३ करोड

‘वेलकम टु द जंगल’ को प्रदर्शन ‘भुत बंगाला’ को भन्दा कमजोर

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ हजार मतको भारी मतान्तरले विजयी

सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!