अरुण कुमार अक्षय/सप्तरी/भदौ १३ गते। प्रदेश १ र २ जोडिने सप्तकोशी नदीमा यस वर्षकै सबैभन्दा बढी पानीको वहाव देखिएको छ ।
केही दिनयता निरन्तर भइरहेको वर्षाका कारण नदीको वहाव यस वर्षकै उच्च विन्दुमा पुगेको जनाइएको छ ।
कोशी ब्यारेज कन्ट्रोल रुमको पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाब २ लाख ५६ हजार १ सय ९० क्यूसेक पुगेको छ ।
नदीको बहाव बढेसँगे कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएको कन्ट्रोल रुम जनाइएको छ । साउन ३२ गते कोशीमा पानीको बहाब २ लाख ५३ हजार २० क्यूसेक मापन गरिएको थियोा । पहिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ ।
पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । यता कोशी नदीको बहाब बढ्दा सप्तरीका सप्तकोशी नगरपालिका, कञ्चनरुपन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिका लगयायत ठाउँमा सचेत रहन आग्रह गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले आज एक सुचना जारी गरि कोशी किनारमा बस्नी तथा होचा स्थानहरुमा कटान हुने सम्भावना बढीरहेकोले उक्त क्षेत्रका बासिन्दाहरुलाई सुरक्षा सतर्कता अपनाउन आग्रह समेत गरिएको छ ।
साथै सप्तरीको बलान,जीता र खाँडो नदिमा बाढी आउन सकिने सम्भावना रहेको हुनाले सचेत रहन स्थानिय प्रशासनले पनि भनिएको छ ।














Discussion about this post