सर्लाही/भदौ १३ गते।सर्लाहीको चन्द्रनगरमा चापाकलबाट करेन्ट लागेर एक पुरुषको ज्यान गएको छ। आइतबार चन्द्रनगर गाउँपालिका– ६ का ५० वर्षीय नागेश्वर मण्डलको आफ्नै घरमा रहेको चापाकल चलाउने क्रममा करेन्ट लागेर ज्यान गएको हो।
पानी तान्ने मोटर जडान भएको चापाकलबाट करेन्ट लागेर गम्भीर घाइते भएका मण्डललाई तत्काल जिल्ला अस्पताल मलंगवा पुर्याइएको थियो। उनलाई अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पानी तान्ने मोटरबाट करेन्ट लिक भएको चापाकल चलाउन खोज्दा करेन्ट लागेको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोेकीले जानकारी दिए।














Discussion about this post