nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ : ६ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका गोपाललाई स्कुलले कसरी गरायो एसईई पास?

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ११, २०७८, ८:३० मध्यान्ह
प्रदेश २ : ६ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका गोपाललाई स्कुलले कसरी गरायो एसईई पास?

यज्ञराज जोशी/भदौ ११ गते। सप्तरीको एक विद्यालयले ६ वर्षदेखि वैदेशिक रोजगारीमा कार्यरत एक युवालाई २०७७ सालको  माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेको खुलासा भएको छ।

यो कुरा बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाईलाई परिपत्र गर्दै छानबिन अगाडि बढाएको छ।

सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय भगनी मलेठले ६ वर्षदेखि मलेसियामा कार्यरत गोपाल सन्तलाई परीक्षामा सहभागी नभए पनि पास गराएको हो। 

कोरोना महामारीका कारण विद्यालयहरुले अघिल्लो वर्षको एसईईको आन्तरिक मूल्यांकनमार्फत नतिजा निकालेका थिए। सो क्रममा विदेशमा रहेका गोपाललाई २.७५ जीपीएसहित एसईई पास गराएपछि विद्यालयमाथि छानबिन सुरु भएको हो। 

‘बोर्डले परिपत्र गरेपछि हामीले स्थलगत भ्रमणसँगै यथार्थ विवरणहरु संकलन गर्दै छानबिन अगाडि बढाएका छौँ,’ छानबिन समितिका सदस्य तथा एकाईका सूचना अधिकृत प्रकाश गुरुङले भने, ‘अहिले प्रतिवेदन लेखनको काम भइरहेको छ। एकदुई दिनमै यथार्थ सार्वजनिक हुन्छ।’

छानबिन समितिले विद्यालय व्यवस्थापन समिति, वडाअध्यक्ष, पालिका प्रतिनिधि, प्राध्यानाध्यापक, मूल्यांकलन समितिका सदस्यहरु, लेखा कर्मचारी, कार्यालय सहयोगीसँग पनि छुट्टाछुट्टै सोधपुछ गरेर विवरणहरु संकलन गरिसकेको गुरुङले बताए। 

गोपालका पिता राम सन्त सोही विद्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत रहेकाले विद्यालयको मिलोमतोमा परीक्षा फारम भरेको र विद्यार्थी नै नभएपछि पास गराइएको आरोप लागेको छ। 

राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ मा विद्यार्थीको परीक्षाको अन्तिम मूल्याङ्कन गर्न सम्बन्धित विद्यालयका प्रधानाध्यापक रहने गरी तीन सदस्यीय समिति गठन गर्ने व्यवस्था छ। 

कोरोना महामारीको फाइदा उठाउँदै प्रधानाध्यापकसहितका मिलेमतोमा अधिकांश विद्यालयले एसईईको नतिजामा अनियमितता गरेको आरोप लागेको छ।

प्रधानाध्यापक श्यामकान्त चौधरीले प्राविधिक गडबडीका कारण विदेशमा भएको युवा पास हुन भएको भन्दै आफ्नो बचाउ गरे। उनले विद्यार्थीको भौतिक उपस्थितिबिना अङ्क दिनु पर्दा अनुपस्थित लेखिनु पर्नेहरूमा नम्बर चढ्न गएर ती विद्यार्थी पास भएको बताए। 

‘हामीले लिएका परीक्षामा उनी अनुपस्थित छन्। कम्प्युटरमा बसेका मान्छेले लेख्दै गर्दा उसको पनि नाम पर्न गयो र यस्तो भयो,’ प्राध्यानाध्यापक चौधरीले भने, ‘भुलबस भएको मात्रै हो। अहिले रद्द गर्ने प्रक्रिया अगाडि बढिसकेको छ।’

आफ्नै विद्यालयमा कार्यरत कर्मचारीका छोरा भएकाले पनि धेरैले अनुपस्थित विद्यार्थीलाई पनि मिलेमेतोमा पास गराएको आरोप विद्यालयमाथि लगाएका छन्। तर प्राध्यानाध्यापक चौधरी भने मानवीय त्रुटि भएको दाबी गरे।

‘जानी जानी गरेको होइन। हात्तीको चारवटा खुट्टा भएर पनि चिप्लिन्छ। मानिसले काम गर्ने बेला कहिलेकाहीँ बिग्रिन्छ। मिलेमेतोमा भएको होइन। भुलवश नै भएको हो,’ उनले भने। 

छानबिन समितिका सदस्य गुरुङले भने विद्यालयले प्राविधिक त्रुटि गरेको भए पनि कसले ग¥यो, प्रमाणीकरण गर्ने अन्तिम समयसम्म सरोकारवालाले किन राम्रोसँग चेकजाँच गरेनन्, भन्ने मुख्य प्रश्न रहेको बताए। 

‘कम्प्युटरमा टाइप गर्दा गल्ती हुन नसक्ने भन्ने होइन। तर विद्यालयले त्यो भन्यो भन्दैमा पत्याउने ठाउँ छैन। छानबिनको निष्कर्ष नआई के भएको हो भन्न सकिन्न,’ उनले भने, ‘टाइपमा पुग्नुअघि चरणवद्ध रुपमा हेर्ने, एकिन गर्ने, पहिचान गर्ने र प्रमाणित गर्ने काममा कसकसले के के गरे भन्ने कुराले बढी अर्थ राख्छ।’ 

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख विजय मण्डलले छानबिनबाट गल्ती देखिए शिक्षा नियमावली अनुसार कारबाही हुने बताए। 

‘एसईई पास गराउने विद्यालयबाट सबै विवरण माग गरी सम्पूर्ण कागज झिकाइसकिएको छ। हामीले अध्ययन गर्दैछौं,’ उनले भने, ‘छानबिनको आधारमा विवरणमा के त्रुटि भएको छ हेरेर शिक्षा नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ।’

साभार-नेपाल खबर अनलाईन बाट

Tags: शिक्षा

Discussion about this post

Related Posts

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: उद्योग तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: उद्योग तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव

डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति

डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति

सुनसरीमा अनिश्चितकालीन कर्फ्यू

सुनसरीमा अनिश्चितकालीन कर्फ्यू

गुणस्तरीय शिक्षासँगै विद्यालयमा खेलकुद विस्तार सरकारको प्राथमिकता : मन्त्री सस्मित पोखरेल

गुणस्तरीय शिक्षासँगै विद्यालयमा खेलकुद विस्तार सरकारको प्राथमिकता : मन्त्री सस्मित पोखरेल

विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने

विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने

मानव अधिकार संरक्षणमा सबै निकायको साझा दायित्व हुनुपर्छ : प्रदेश प्रमुख कर्ण

मानव अधिकार संरक्षणमा सबै निकायको साझा दायित्व हुनुपर्छ : प्रदेश प्रमुख कर्ण

दलित लाइभ्स म्याटर्स ग्लोबल एलायन्सद्वारा जनकपुरधाममा सामाजिक न्यायका लागि नीति संवाद सम्पन्न

दलित लाइभ्स म्याटर्स ग्लोबल एलायन्सद्वारा जनकपुरधाममा सामाजिक न्यायका लागि नीति संवाद सम्पन्न

पत्रकार महासंघको दबाबपछि मधेश प्रदेशको आम सञ्चार विधेयक तत्काललाई स्थगित

पत्रकार महासंघको दबाबपछि मधेश प्रदेशको आम सञ्चार विधेयक तत्काललाई स्थगित

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!