अरुण कुमार अक्षय/राजबिराज/भदौ ९ गते।सप्तरीको हनुमाननगर कंकालिनि नरपालिकास्थित ईनर्वामा आज दिउँसो खाल्डोमा डुवेर एक जना बालिकाको मृत्यु भएको छ ।
स्थानिय हनुमाननगर कंकालिनि न.पा. १० बस्ने रामलखन खंगको करिब ३ बर्षीय छोरी अंजलि कुमारी मंडल जमेको पानीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर देखी अं. २०० मिटर उत्तरमा रहेको कमल मंडलको खेतको छेउमा खाली जग्गामा जमेको पानीमा उनी डुवेका थिए ।
श व परिक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा पठाइएको र घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।














Discussion about this post