सप्तरी/भदौ ६ गते । सप्तरीको एक रक्सी पसलबाट विभिन्न किसिमको ला गू औ षध बरामद भएको छ । कञ्चनरुप नगरपालिका–२ बरमझियास्थित संगम फास्टफुड एन्ड मदिरा पसलबाट ला गू औ षध बरामद भएपछि त्यसका सञ्चालक २८ वर्षीय जयराम यादवलाई प्रहरीले प क्रा उ गरेको छ ।
उक्त पसलमा ला गू औ षध बिक्री भइरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले लागूऔषधसहित यादवलाई प क्रा उ गरेको हो । पसलभित्र रहेको कालो रंगको ब्यागबाट ६१० थान निट्रोसन–१०, ३१० थान स्पास्मो–प्रोक्सिभोन, ८ थान सय एमएलको डाइलेक्स डीसी, सय एमएलको इसकुफ, एक थान सिरिन्ज बरामद भएको छ ।
यस्तै, तीनवटा मोबाइल र १८ हजार ६७५ रुपैयाँ नगद समेत उनको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।
ला गू औ षधसहित प क्रा उ परेका यादवलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।














Discussion about this post