सप्तरी/भदौ ४ गते।सप्तकोसी नदीमा हामफाली आ त्म ह त्या को प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ।
ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेका सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
गत असारदेखि साउन महिनाको अवधिमा आ त्म ह त्याका लागि नदीमा हामफालेका उनीहरुलाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। सकुशल उद्धार गरिएकामा सुनसरी गढीका ७८ वर्षीय पुरुष, विराटनगरकी ५५ र ३५ वर्षीया महिला रहेका छन्।
त्यसैगरी भारतको मधुवनीका २५ वर्षीय युवक, इटहरीकी ६५ वर्षीया महिला र काभ्रेपलाञ्चोककी ४० वर्षीया महिला समेतलाई आ त्म ह त्या का लागि नदीमा हामफालेको अवस्थामा सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।
आ त्म ह त्या प्रयासमा कोशीमा हामफालेका सबैकोे सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। रासस

















Discussion about this post