nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ : अस्थिर पद एउटै प्रदेशमा साढे ३ वर्षमा ४ प्रदेश प्रमुख नियुक्त

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १, २०७८, ७:४८ बिहान
प्रदेश २ : अस्थिर पद एउटै प्रदेशमा साढे ३ वर्षमा ४ प्रदेश प्रमुख नियुक्त

काठमाडौ/भाद्र १ गते।प्रदेश नम्बर २ मा साढे ३ वर्षमा ४ जना प्रदेश प्रमुख नियुक्त भएका छन् । झण्डै ५ महिनाअघि नियुक्त गरिएका प्रदेश २ प्रमुख राजेश अहिराजलाई सोमवार पदमुक्त गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अहिराजलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई पद मुक्त गर्दै २०७७ फागुन ८ गते अहिराजलाई सिफारिस गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रिपरिषद्को सिफारिसमा नेपाल संविधानको धारा १६३(२) बमोजिम अहिराज प्रदेश प्रमुखमा नियुक्त भएका थिए । सोही दिन त्यसअघिका प्रदेश प्रमुख परियारलाई संविधानको धारा १६५(१)(ख) बमोजिम पदमुक्त गरिएको थियो ।

ओलीको नेतृत्वमा सरकार बनेपछि नेकपा माओवादी केन्द्रको समर्थनमा माओवादी कोटाबाट २०७६ कात्तिक १८ गते परियारलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो । तर नेकपा विभाजन भएपछि ओली सरकारले परियारलाई पदमुक्त गर्दै एमालेको कोटामा अहिराजलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

पदमुक्त भएपछि नेपाल सरकारबाट प्राप्त हुने कुनै पनि किसिमको सुविधा नलिने अहिराजले लोकान्तरलाई बताए । देशमा शान्ति सुरक्षा तथा अन्य काममा समेत सुरक्षाकर्मीको खाँचो रहेकाले पदमुक्त भएपछि निजी सुरक्षा नलिने समेत उनले बताए ।

‘पदमुक्त भएको औपचारिक विज्ञप्ति जारी भएपछि मैले पाउने निजी सुरक्षा समेत आजै मैले नेपाल सरकारलाई फिर्ता गर्नेछु,’ अहिराजले भने ।
करीब ४ महिनासम्म प्रदेश प्रमुखको रूपमा नियुक्त गरी काम गर्न दिएकोमा नेपाल सरकारप्रति पदमुक्त भएका अहिराजले आभार व्यक्त गरे । ‘नयाँ नियुक्त हुनका लागि सिफारिस हुनुभएका मिश्रलाई बधाई तथा शुभकामना दिन चाहन्छु,’ अहिराजले लोकान्तरसँग भने, ‘हालसम्म साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

प्रदेश प्रमुखमा परियारलाई नियुक्त गर्नुअघि शेरबहादुर देउवा नेतृवको सरकारले प्रदेशसभा स्थापना हुनुअघि नै नियुक्त गरेका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई पदमुक्त गरिएको थियो । २०७४ माघ ३ गते देउवा सरकारले तत्कालीन समाजवादी पार्टीको कोटाका कायस्थलाई प्रदेश प्रमुख बनाएको थियो ।

२ नम्बर प्रदेशमा पहिलोपटक नियुक्त भएका कायस्थ सबैभन्दा बढी २१ महिना, परियार १६ महिना र अहिराज झण्डै ५ महिनासम्म पदमा कायम रहेका छन् ।

सरकार परिवर्तन हुने वित्तिकै प्रदेश प्रमुख पनि फेरिने हुनाले प्रदेश प्रमुख स्थायी हुन सकेको छैन । राजनीतिक विश्लेषक समेत रहेका प्राध्यापक डा. सुरेन्द्र लाभले प्रदेश प्रमुखको पदलाई राजनीतिक पार्टीले आफ्नो राजनीति गर्नका लागि हतियारको रूपमा प्रयोग गरेको टिप्पणी गरे ।

‘प्रदेश प्रमुखको धेरै काम पनि छैन तर संवैधानिक मर्यादाको पद रहेकाले कार्यकाल पूरा हुने गरी प्रदेश प्रमुख पदलाई राखेको भए लोकतन्त्रको लागि राम्रो सन्देश जान्थ्यो,’ लाभले भने, ‘बरु प्रदेश प्रमुख नियुक्त गर्दा नै निष्पक्ष, इमान्दार, लोकतन्त्र बुझेको तथा प्रदेशका नागरिकदेखि हरेक राजनीतिक दलले सर्वस्वीकार्य गर्नसक्ने खालको मान्छेलाई नियुक्त गर्दा ठीक हुन्थ्यो ।’ लोकान्तर बाट

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक

सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

शारदीय नवरात्र सुरु, पहिलो दिन माता शैलपुत्रीको पूजा गरिँदै

शारदीय नवरात्र सुरु, पहिलो दिन माता शैलपुत्रीको पूजा गरिँदै

बारामा सडक दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमानसहित तीनजना गम्भीर घाइते

बारामा सडक दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमानसहित तीनजना गम्भीर घाइते

आज हर्षोल्लासका साथ विजया दशमी मनाइँदै, टीकाको साइत बिहान ११:३६ बजे

आज बडादशैंको पहिलो दिन, घर घरमा जमरा राखिँदै

धनुषा : ई–रिक्साभित्र लुकाएर ल्याइएका ८ लाख ८५ हजारका सामान बरामद

धनुषा : ई–रिक्साभित्र लुकाएर ल्याइएका ८ लाख ८५ हजारका सामान बरामद

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि