अरुण कुमार यादव/राजविराज/श्रावण ३१ गते। सप्तरीको सप्तकोशी नगरपालिका ६ स्थित त्रियुगा सहकारी संस्था अगाडीबाट चो री भएको मोटरसाइकल सहित चार जनालाई सप्तरी प्रहरीले आज प क्रा उ गरिएको छ ।
प क्रा उ पर्नेमा जिल्ला सुनसरी कोशी गाउँपालिका वडा नं.८ बस्ने २३ बर्षीय मो.मासुम मियाँ , २१ बर्षीयको मो.अकबर , जिल्ला सप्तरी कंचनरुप नगरपालिका १२ बस्ने ३५ बर्षीयको पोष्टराज खत्री, जिल्ला उदयपुर बेलका नगरपालिका १० बस्ने २२ बर्षीयको रामहरी श्रेष्ठ रहेको प्रहरी नायव उपरिक्षक मात्रव प्रसाद काफलेले बताए ।
उनीहरुको साथबाट प्रदेश १०५ –००४ प.०४८४ न.को पल्सर मोटरसाइकल एक थान , प्रदेश १०२–०४१प.३४१८ न.को.बुलेट मोटरसाइकल , बा ९० प.३२७४ न.को होण्डा एक्स आर मोटरसाइकल , प्रदेश २०३–०१३ प.२०५७ न.को.टि.भियस आपाची मोटरसाइकल र चो री भएको स.७ प.९२५७ न.को यमाहा .मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्रियुगा सहकारी संस्था अगाडीबाट प्रदेश १०५ –००४ प.०४८४ न.मो.सा.चो री भएको जानकारी प्राप्त भएपछि बिभिन्न ठाउँमा प्रहरी परिचालीत गरि चेकजाँच गर्ने क्रममा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.१ स्थित भित्री सडक खण्डमा पर्ने भलुवा चौकमा उक्त मोटरसाइकल फेला परेको थियो ।
सो क्रममा मोटरसाईकल चालक रामहरी श्रेष्ठलाई नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा अन्य मोटरसाईकल समेत चो री गरेको छु भनेपछि खोजतलासको क्रममा चो री भएका थप चार वटा मोटरसाइकल बरामद भएको प्रहरीको भनाई छ ।
यता प क्रा उ परेका ४ जनालाई अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

















Discussion about this post