विनय यादव/श्रावण २९ गते।भ्रष्टाचार मुद्दामा दोषी ठहर भई फरार रहेका सिरहाका एक जना प क्रा उ परेका छन् । नबराजपुर गाउँपालिका १ का ४६ वर्षीय नागेन्द्रप्रसाद यादवलाई बुधबार सिरहा प्रहरीले भ्रष्टाचार मुद्दामा फ रा र रहेका पूर्वराज्यमन्त्रीका पीए यादव सिरहाबाट प क्रा उ गरेको हो ।
यादव पूर्व वन राज्यमन्त्री लक्ष्मण मेहताका स्वकीय सचिव हुन् । यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार घुस लिँदालिँदै २०६८ फागुन १७ मा काठमाडौंमा रंगेहात भ्रष्टाचार मुद्दामा फरार रहेका पूर्वराज्यमन्त्रीका पीए यादव सिरहाबाट प क्रा उ गरेको थियो ।
त्यतिबेला यादव ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । त्यसपछि विशेष अदालतले २०७० असार ३१ मा भ्रष्टाचार गरेको प्रमाणित गरेपछि यादव फ रा र थिए ।
अदालतले यादवलाई १ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फैसला कार्यान्वयन गर्न अदालतको निर्देशनअनुसार खोजबिन गर्ने क्रममा झण्डै ८ वर्षपछि उनलाई प क्रा उ गरिएको सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले बताए ।

















Discussion about this post